एमाले प्रवेश गरेका गाउँपालिकाका अध्यक्ष २४ घण्टा नबित्दै माओवादीमै फर्किए

निकासखबर संवाददाता

धादिङ । केपी ओलीबाट सोमबार खादा पहिरिएर एमाले प्रवेश गरेका धादिङको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी ‘हरि’ पुनः माओवादीमै फर्किएका छन् । समकक्षी नेता कार्यकर्ताको दबाबपछि एमाले प्रवेश गरेको चौबीस घण्टा नबित्दै उनि माओवादीमै फर्किएका हुन् ।

उनि नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोटमा पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए । यसअघि उनी नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश कमिटीको सदस्य थिए ।उनि माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एकमात्र अध्यक्ष हुन् ।

एमाले पृष्ठभूमिमा हुर्किए पनि द्वन्द्वको समयमा माओवादीमा लडेका डल्लाकोटी १५ वर्षदेखि निरन्तर माओवादीकै विभिन्न संगठनहरुमा सक्रिय रहेका थिए ।
ईकान्तिपुरबाट

मा प्रकाशित