नहरमा डुबेर वृद्धको मृत्यु

निकासखबर संवाददाता

सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका–६ मधेशा स्थित नहरको पानीमा डुवेर एकजना वृद्धको मृत्यु भएको छ ।

स्थानीय ६० वर्षीय बिर्ख बहादुर निरौला आफ्नै घर छेउको नहरको पानीमा डुबेको अवस्थामा छिमेकिले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगव्एको थियो ।
उनको कोमा उपचारको क्रममा मृत्यु भएको र घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीलबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित