ओली र देउवासँग प्रधानमन्त्री प्रचण्डको छुट्टाछुट्टै भेट
आर्थिक परिवेश संवाददाताकाठमाडौं, २० फाल्गुन । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ताहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी) बारे प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा छलफल गरेका छन् । विधेयकलाई लिएर कांग्रेस र एमाले पनि सकारात्मक रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । तर प्रधानमन्त्री प्रचण्डले भने यसविषयमा छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै छलफल गरेका छन् । यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै असहमति जनाएको थियो । पछिल्लो समय भने एमाले विधेयकलाई लिएर सकारात्मक देखिदै आएको छ । हाल उक्त विधेयक संसद्को कानुन समितिमा रहेको छ । आजै समितिमा यो विधेयकमाथि छलफल हुँदैछ…
प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
आर्थिक परिवेश संवाददाताकाठमाडौं, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएवार्ता भएको हो । भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए । दुग्ध किसानका समस्या र पार्टीको कृषि विभागले तयार गरेको समाधानका उपायका बारेमा प्रधानमन्त्रीसँग पार्टी सभापतिले ध्यानाकर्षण गराएको थियो । चितवनको रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा फागुन १२ गते शालिन मृत अवस्थामा भेटिएकी थिइन् । कक्षा ८ मा अध्ययनरत छात्राको मृत्यु भएको एक साता…
वर्षाका कारण नेदरल्यान्ड्स र मलेसियाबीचको खेल रोकियो
आर्थिक परिवेश संवाददाताकाठमाडौं, २० फागुन । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको छ । वर्षाका कारण मैदानमा कभर ढाकिएको छ भने दुबै टोलीका खेलाडी पभेलिएन आएका छन् । खेल रद्द भएको खेलमा नेदरल्यान्ड्स फाइनलमा पुग्नेछ । नेदरल्यान्ड्स सामान्य अन्तरले पराजित हुँदा पनि नेटरनरेटमा माथि रहँदै फाइनलमा पुग्नेछ । नामिबिया फाइनलमा पुग्न विशाल जित निकाल्नुपर्ने हुन्छ । नेपाल भने २ मा जित र २ मा हारसहित ४ अंकका साथ फाइनलमा पुगि सकेको छ…
बाल विवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै जन्ममिति अनिवार्य
आर्थिक परिवेश संवाददातारुकुमपश्चिम, २० फागुन । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– ३ ले बाल विवाह न्यूनीकरणका लागि सक्रियता देखाएको छ । वडा विवाहका लागि निमन्त्रण कार्डमा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ। आठबिसकोट– ३ का वडाध्यक्ष केशरमान विकले बाल विवाह न्युनिकरणका लागि यो प्रावधान कार्यान्वयनमा ल्याएको जानकारी दिए । उनले वडामा बाल विवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको बताए । विवाहका अवसरमा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग हुने भएकाले वडाले विवाह कार्डमै मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने÷नगराउने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था लागु गरेको उनले बताए । वडामा यस वर्ष १० जोडीले बाल विवाह गरेको तथ्यांक रहेको…
दूग्ध किसानहरुको आन्दोलन स्थगित
आर्थिक परिवेश संवाददाताकाठमाडौं, २० फागुन । सरकार र किसानहरुबीच पाँच बुँदे सहमति भएपछि दूध किसानहरुले आन्दोलन स्थगित गरेका छन् । दुध बिक्री गरेबापतको करिब सात अर्ब रूपैयाँ नपाएको भन्दै दुध सडकमा फालेर आन्दोलनमा उत्रिएका किसान र सरकारबीच शनिवार सहमति भएको हाे । शनिबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालको उपस्थितिमा सरकार, उद्योगी र दूग्ध सहकारी संघबीच वार्ता भएको हो । वार्तामा किसानहरुले आगामी एक महिनाभित्र दूध बिक्रीवापतको रकम भुक्तानी पाउने सहमति भएको छ । दूग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार आगामी चैत्र २१ गतेसम्ममा दूधको भुक्तानी पाउने सहमति भएको बताएका छन् । उनका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई…

