धान भित्र्याउने बेलासम्म नै लाग्दै लागेन बाला
स्याङ्जा, १४ कात्तिक, २०७९ । निकासखबर संवाददाता

धान पाकेर भित्र्याउने बेलासम्म पनि बोटमा दाना नलागेपछि जिल्लाका किसानमाझ चिन्ता फैलिएको छ । जिल्लाकै वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलाग्दा किसान निराश बनेका हुन् । विगत दुई वर्षदेखि स्थानीय एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ ल्याएरु लगाउँदै आएका कृषक टेकप्रसाद डुम्रेले अरु बेला उत्पादन राम्रो भए पनि यस वर्ष धानमा दानै नलागेको बताए । ‘विगतमा पनि यही धान लगाउँदै आएको थिएँ, यसपटक पनि यही धानको बीउ ल्याएर ब्याड राखी धान रोपेको हुँ के भयो–भयो’ उनले भने ‘पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन ।’ सात रोपनी क्षेत्रफलमा लगाएको धानखेतीमा दाना नलागेपछि मानो खाएर…

गोरखामा माओवादी अध्यक्ष प्रचण्डसहित ५६ को उम्मेदवारी
गोरखा, २६ असाेज, २०७९ । निकासखबर संवाददाता

गण्डकी प्रदेशको गोरखा जिल्लामा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारसहित निर्वाचन क्षेत्रमा ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेतको उम्मेदवारी रहेकाले गोरखालाई निकै महत्वका साथ हेरिएको छ । आगामी मंसिर ४ मा तय भएको निर्वाचनका लागि आइतबार भएको मनोयन दर्ता क्रममा गोरखा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २३ जना र चार प्रदेशसभाका निर्वाचन क्षेत्रमा ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । प्रतिनिधिसभाअन्तर्गत गोरखा क्षेत्र नं १ मा १० जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए । क्षेत्र नं. १ मा…

निलम्बित प्रधानन्यायाधीशसँग बयान सकियो : के हुन्छ अब महाभियोग ?
रासस । काठमाडौं, २८ भदौ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग संसदको महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ । मंगलबार पाँचौं दिन समितिले ३५ देखि ४३ नम्बरसम्मका प्रश्नमा जवाफ लियो । समितिका प्रश्नको जवाफका क्रममा जबराले आफूलाई संसद् विघटनसम्बन्धी मुद्दाको फैसलालाई आधार बनाइएको तर उक्त विषय सैद्धान्तिक मात्र भएको जिकिर गरे । ‘केही राजनीतिक मुद्दाको परिणामबाट फैसलामा पूर्वानुमान गरेर न्यायाधीश र प्रधानन्यायाधीशबीच आपसमा मतभेद सिर्जना गर्ने काम भयो,’ उनले भने– ‘संसद् विघटनको फैसलालाई लिएर महाभियोगको प्रस्ताव दर्ता गरियो, त्यो सैद्धान्तिक विषय हो ।’ बयानका क्रममा जबराले पटक–पटक आफूविरूद्ध विनाआधार महाभियोगको प्रस्ताव दर्ता गरिएको दावी गरिरहे । मंगलबारको बयानसँगै राणासँग पहिलो चरणको बयान लिने…

सत्तागठबन्धन बैठक : प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन
काठमाडाैं, ०६ भदाै, २०७९ । निकासखबर संवाददाता

सत्ता गठबन्धन दलका शीर्षनेताको बिहीबार बसेको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्यांकसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोे बैठकले बिहीबार अपराह्न चारबजे बस्ने बैठकमा एक सय ६५ निर्वाचन क्षेत्रको तथ्यांकसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् । बिहीबार अपराह्न पुनः बस्ने गठबन्धनका शीर्षनेताको बैठकबीच प्रतिवेदन बुझाउन निर्देशन दिइएको हो । सत्ता गठबन्धन आबद्ध दलहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको खाका बनाउन कार्यदल गठन गरेका थिए । कार्यदलको संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला रहेका…

खोला ओगट्नेको लाइसेन्स सरकारले रद्द गर्छ : ऊर्जामन्त्री भुसाल
काठमाडाैं, १८ साउन, २०७९ । निकासखबर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताएकी छन् । ऊर्जा हाम्रो पहिलो प्राथमिकता भनेको देशमा अधिकतम विद्युत् उत्पादन गर्दै आन्तरिक खपत वृद्धि गरी प्रतिव्यक्ति विद्युत् खपतलाई क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा तुलनायोग्य अवस्थामा पु¥याउने र आर्थिक उत्पादकत्व वृद्धि गर्ने नै रहेको भन्दै ऊर्जामन्त्री भुसालले स्वदेशी खपतभन्दा बढी हुने विद्युत् अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुको विकल्प पनि नरहेको बताएकी हुन् । राजधानीमा नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा आयोजित ‘अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य’ विषयक कार्यशालामा मन्त्री भुसालले…