सत्ता पक्षमै दुई धार !
पत्रपत्रिका । काठमाडौं, १९ माघ, २०७९ ।प्रतिनिधिसभाको बैठकमा संघीयता पक्षधर र संघीयताविरोधी सांसदहरूबीच ‘जुहारी’ नै चलेको छ । सरकारमा बसेका मन्त्रीहरूबाटै केही दिनयता संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विपक्षमा अभिव्यक्ति आउँदै गर्दा बुधबारको प्रतिनिधिसभा बैठकमा समेत सो विषयमा सत्तापक्षकै सांसदको विभाजित मानसिकता छरपष्ट देखिएको हो । सत्तारूढ दलमध्येकै एक राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका कानुनमन्त्री ध्रुवबहादुर प्रधानले केही दिनअघि संघीयताविरोधी अभिव्यक्ति दिएका थिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विरूद्ध मन्त्रीहरूले जथाभावी बोल्न नपाउने भन्दै ‘बोल्दा ध्यान दिन’ र उक्त कुरा ‘स्पष्टीकरणको विषय बन्ने’ चेतावनी दिएका थिए । सो विषयमा प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तारूढ एमाले, माओवादी केन्द्र र राप्रपाका सांसदहरूबीच ‘जुहारी’…
नेतृ शर्मा बनिन् सञ्चार तथा सूचना प्रविधिमन्त्री
काठमाडौं, ०४ माघ, २०७९ । निकासखबर संवाददातानेकपा (माओवादी केन्द्र) बाट नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएर नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर पद बहाली गरेकी हुन् । पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’ सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुवात गरेकी छन् । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री शर्माले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता रहने उल्लेख गर्दै देशभर सञ्चारसेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफू नयाँ क्षेत्रमा…
राष्ट्रिय भलिबल प्रतियोगिता : विभागीय टोलीको जित
काठमाडाैं, २५ पुस, २०७९ । निकासखबर संवाददाताराजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कर्भडहलमा आयोजित सातौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यू डाइमण्ड युथ स्पोर्टस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । राखेपको कर्भडहलामा सम्पन्न खेलमा विभागीय टोली पुलिसले न्यू डायमन्डलाई ३–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यो जितसँगै पुलिस समूह ‘ए’ को विजेता र न्यु डायमण्ड पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । खेलमा पहिलो सेट २५–२२ ले जितेको पुलिसले खेलको दोस्रो सेट २२–२५ ले गुमायो । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५–१४ ले जित्यो भने खेलको चौथो सेट न्यु डामण्डले…
वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वर्षामान पुन विजयी
काठमाडाैं, ६ मंसिर, २०७९ । निकासखबर संवाददातावाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी हासिल गरेका छन् । यसअघि पनि विसं २०७४ को निर्वाचनमा समेत उनी सोही जिल्लाबाट निर्वाचित भएका थिए । संसदीय राजनीतिमा उनको यो तेस्रो पटकको जित हो । विसं २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा रोल्पाली नेता पुनले ललितपुर क्षेत्र नं १ बाट जित हासिल गरेका थिए । पूर्वअर्थमन्त्री समेत रहेका नेता पुन सत्तारुढ गठबन्धनकोतर्फबाट साझा उम्मेदवारका रुपमा ४१ हजार ७ सय १४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का पूर्णबहादुर बुढामगरले १६ हजार ४ सय ८५ मत प्राप्त पाएका थिए । २५…
एमाले दाङमा पहिरो : बंगलाचुलीका सयभन्दा बढी नेता-कार्यकर्ताले पार्टी छाडे
आर्थिक परिवेश संवाददातादाङ, २४ कात्तिक । गठबन्धनको पक्षमा माहोल बढ्दै जाँदा दाङमा नेकपा (एमाले) कमजोर बन्दै गएको छ। आफूलाई निकै बलियो पार्टीका रूपमा दाबी गर्दै आए पनि एमालेका सयौँ नेता कार्यकर्ताले धमाधम पार्टी छाडिरहेका छन्। बुधबार दाङको बंगलाचुली गाउँपालिकामा नेकपा एमाले छाडेर १ सयभन्दा बढी नेता-कार्यकर्ता गठबन्धनमा प्रवेश गरेका छन् । उनीहरूलाई पूर्वसभामुख कृष्णबहादुर महरा, प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रेखा शर्मा, प्रदेशसभा सदस्य पदका उम्मेदवार राजु खनाललगायतले पार्टीमा स्वागत गरेका थिए। एमाले छाडेकाहरू केही माओवादी केन्द्रमा र केही कांग्रेसमा प्रवेश गरेका हुन्। गठबन्धनले नै मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने भएकाले आफूहरू पनि गठबन्धन दलमा आबद्ध भएको नवप्रवेशीहरूले बताएका छन्। अब गठबन्धनका उम्मेदवारहरूलाई…

