विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
आर्थिक परिवेश संवाददाता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् । खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भने, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो।” प्रधानमन्त्रीले भने “तपाईको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ। म सबै नेपालीहरूको तर्फबाट तपाईहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईहरूलाई प्रेरणा मिलोस् भनेर…

रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ
आर्थिक परिवेश संवाददाता

सुमनजंग थापा / कुश्मा । पर्वतको सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरूङ गाउँ छ आर्थर डाँडाखर्क । गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अंग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खंदै गरेको स्वास्थ्य चौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको संकेत गर्छ। तर, यति हुँदाहुँदै पनि गाउँमा मान्छे बस्न छाडेका छन् । हरेकजस्तो घरका ढोकामा लगाइएका ताल्चा र भग्नावशेष रहेका घरले आर्थर डाँडाखर्कदेखि विस्थापित भएकाको सङ्ख्या अत्यासलाग्दो रहेको जनाउँछ । यहाँका कतिपय हङकङ, बेलायत, अमेरिका युरोपलगायतका देशहरूमा परिवारसहित बस्दै आएका छन् । नजिकको सहर पोखरा, काठमाडौं, चितवनजस्ता सुविधा…

संघीय संसदमा राष्ट्रपतिकाे सम्बोधन (पूर्णपाठ)
आर्थिक परिवेश संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । उनले नेपालको संविधानको धारा ९५ को उपधारा (२) वमोजिम सङ्‍घीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी हुन् । यस्तो छ राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठ–   प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय सदस्यहरू, १. भरखरै सम्पन्‍न प्रतिनिधि सभाको निर्वाचनपछिको सङ्‍घीय संसदको संयुक्त सदनको पहिलो बैठकमा सम्बोधन गर्न पाएकोमा गौरवान्वित छु। सर्वप्रथम प्रतिनिधि सभा र प्रदेश सभामा विजयी हुनुहुने सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक बधाई दिँदै नेपाल र नेपालीको विकासका लागि यहाँहरूको कार्यकाल सफल होस् भन्‍ने शुभकामना व्यक्त गर्दछु। सङ्‍घ तथा प्रदेश…

कुवेतमा बेचिइन् दुबई पुर्‍याइएकी किशोरी
पत्रपत्रिका । काठमाडौं, २० माघ, २०७९ ।

भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याइएककी किशोरी कुवेत पुगेर बेचबिखनमा परेकी छन् । १९ वर्षीया ती किशोरीलाई मानव बेचबिखनमा संलग्न गिरोहले पाँच लाख रुपियाँमा बिक्री गरेको खुलेको छ । बेचबिखन गर्दै त्यहाँ पुर्‍याइएककी किशोरी कुवेतमा यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सूचना पाएपछि कुवेतस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको समेत उद्धार गर्ने प्रयास भइरहेको छ । भिजिट भिसामै मङ्सिर २६ मा दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकहरूमा पुर्‍याई जनही कम्तिमा पाँच लाख रुपैयाँमा बिक्री गरिएको खुलेको…

कोही पक्राउ, कोही निलम्बित, कोही ‘फरार’ : सांसद्हरू नै अपराध काण्डमा
पत्रपत्रिका । काठमाडौं, २० माघ, २०७९ ।

अदालतबाट दोषी ठहर भई ‘फरार सूची’ मा रहेका सांसद् एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरिँदै गर्दा ‘फरार सूची’ मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् । हत्या अभियोगमा लामो समयदेखि ‘फरार सूची’ मा रहेका नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी पछिल्लो समय प्रहरीको खोजीमा छन् । उनलाई पक्राउ गर्न प्रहरीले देशभरका संयन्त्रलाई ‘सर्कुलर’ नै गरिसकेको छ । अदालतबाटै दोषी ठहर भई ‘फरार सूची’ मा रहेका अर्का सांसद् अरुणकुमार चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचित चौधरीलाई प्रहरीले कैलालीबाट बिहीबार पक्राउ गरेको हो । चौधरी ४…