लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जरमा
आर्थिक परिवेश संवाददाता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जर पछीको शेयर १०० अनुपात ८० हुने गरी स्वाप रेसियो कायम हुने भएको छ । बिहिबार सम्पन्न लुम्बिनी जनरल इन्स्योरेन्सकम्पनीको १८औं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जर सम्बन्धमा भएका सहमति, सम्झौता र कम्पनी मर्जरपछिको अबस्थाका बारेमा शेयरधनीलाई बिस्तृत रुपमा जानकारी दिए । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८ र ०७९ को वासलात, नाफा नोक्सान हिसाव, आर्थिक वर्ष २०७९ र ०८० को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीलाई कर प्रयोजनको लागि ०।३६७९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले बताएको छ…

युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्तामा जोड
आर्थिक परिवेश संवाददाता

काठमाडौं । चीनले युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्ता गर्नुपर्नेमा जोड दिएको छ । शान्ति वार्ता थाल्ने वातावरण सृजना गर्न अन्तर्राष्ट्रिय प्रयास हुनुपर्ने उसले बताएको छ । चिनियाँ विदेश मन्त्रालयले युक्रेनमाथि रुसी आक्रमणको एक वर्ष पूरा भएको सन्दर्भमा सङ्कटको राजनीतिक समाधान खोज्न युक्रेन र रुसलाई आह्वान पनि गरेको छ । दुवै देशले अविलम्ब शान्ति वार्तामा बस्नुपर्नेमा जोड दिँदै बेइजिङले आणविक हतियारको प्रयोग नगर्न दुवै पक्षलाई सचेत गराएको छ । युक्रेन सङ्कटको राजनीतिक समाधानबारे आफ्नो १२ बुँदे धारणा सार्वजनिक गर्दै चीनले शान्ति वार्तामा जोड दिएको हो । अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि वार्ताको प्रयास अविलम्ब थाल्नुपर्ने बताउँदै द्वन्द्वरत पक्षलाई जतिसक्दो चाँडो राजनीतिक…

चक्रपथ सडक विस्तारको काम छिट्टै अघि बढ्छः मन्त्री श्रेष्ठ
आर्थिक परिवेश संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने बताएका छन् । सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने उनले बताए ।र उक्त खण्डको स्थलगत अनुगमनमा निस्कोका उपप्रधानमन्त्री श्रेष्ठले पत्रकारसँगको कुराकानीका क्रममा सडक विस्तारका विषयमा गम्भीरतापूर्वक नेपाल र चिनियाँ पक्षले अध्ययन गरेको र केही समस्या रहेका भए पनि समाधान निकालिसकिएको बताए । केही खम्बा हटाउन बाँकी रहेको र साना मन्दिर अर्को ठाउँमा बनाउने गरी हटाउने काम भएको शताउँदै उनले केही चौकी हटाइसकिएकोले अब छिट्टै काम सुरु गर्ने बताए । चिनियाँ…

नेप्से परिसूचकमा पहिरो, ५७ दशमलव ७४ अङ्कले ओरालो
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । लघुवित्त संस्थाहरुको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएपछि नेप्से परिसूचकमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ७४ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ११ दशमलव ९५ अङ्कले ओरालो लागेर तीन सय ८४ दशमलव ४० मा सीमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएकामध्ये आज १४ कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै दुई सय तीन कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा एक कम्पनीको शेयर मूल्यमा कुनै…

माधव नेपालकाे नयाँ शर्तः नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्ने
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्ने शर्त  राखेका छन् । नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भएकाे भेटवार्तामा उनले पाेखरेलसँग नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्ने शर्त राखेका हुन् । नेपाल सँग भेटमा राष्ट्रपति चयनका विषयमा कुराकानी भएकाे नेपाल  निकट स्रोतले बतायाे । स्राेतले माधवनेपालले नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्न तयार रहेको बतायाे । सत्ता गठबन्धन टुट्ने स्थिति आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेको भए पनि पछि नाम…