ओखलढुंगाबाट सवारी अनुमतिपत्र प्रदान गरिने
आर्थिक परिवेश संवाददाताओखलढुंगा । माथिल्लो सगरमाथाका नागरिकले अब सवारी अनुमतिपत्र लिनका लागी बाहिर जानुपर्ने बाध्यता हटेको छ । ओखलढुंगाको रुम्जाटरमा स्थापना गरिएको यातायात व्यवस्थापन कार्यालयबाटै लाइसेन्स दिने कार्यको सुरुवात भए पछि यो वाध्गयाता हटेको हो । लाइसेन्स सेवाको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका हुन । उद्घाटन पछि बोल्दै मुख्यमन्त्री कार्कीले अब नागरिकलाई घर आँगनमै सेवा दिने गरि लाइसेन्स सेवा सुरु भएकाले ओखलढुंगा, सोलुखुम्बु र खोटाङका नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । सवारी लाइसेन्स, दर्ता, नविकरण लगायतका सबै काम ओखलढुंगाबाट हुने गरि कार्यालय स्थापना भएपछि यसक्षेत्रका सेवाग्राहीलाई सहज भएको छ । यसअघि यातायात सम्बन्धी सामान्य कामका लागि पनि प्रदेश नम्बर…
स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्न सकेन
आर्थिक परिवेश संवाददाताकाठमाडौं । दाङका दशवटै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चार वर्षदेखि यहाँ स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको हो । आर्थिक अभावका कारण समस्यामा परेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँज पुर्याउने उद्देश्यले कार्यक्रम लागु भए पनि जिल्लामा खासै आकर्षण नदेखिएको राष्ट्रिय बीमा बोर्ड दाङका प्रमुख गुद्धलाल वलीले बताए । चार वर्षदेखि कार्यक्रम सञ्चालन गरिएको भए पनि बीमा गर्नेको सङ्ख्या बढ्न नसकेको उनको भनाइ छ । प्रमुख वलीका अनुसार जिल्लाका दशवटै पालिकामा ३२ हजार आठ सय बढीले बीमा गरेका छन् । हालसम्म १६ हजार नौ सय ३३ महिला र १५ हजार…
जोगी कसरी भोगी भए ?
आर्थिक परिवेश संवाददाताएकजना जोगी थिए । बनको बीचमा रुखको हाँगामा चमेरो झुण्डिँदा झैँ उल्टो झुण्डिएर बस्थे । केही नखाई, केही नपिई दशौं बर्ष देखि यसरी नै झुण्डिएका छन् भन्ने हल्ला थियो । भक्तजनहरुले थरी थरीको खाने कुरा लिएर जान्थे तर उनले कहिल्यै पनि खाएनन् । खाना नखाइ बाँच्ने यस्तो कुरा कसरी सम्भव भयो रु भनेर भक्तजनहरु अचम्भित थिए । भक्तजनहरुमध्ये एकजना सुन्दरी युवती थिइन् । उनलाई जोगीको यो रहस्य बुझ्न मन लाग्यो । राती सबै भक्तजनहरु आआफ्नो घर गए । युवती नजिकैको झाडीमा लुकेर बसीन । उनले अचम्म देखिन । सबैजना गएपछि रातीको बाह्र बजे तीर जोगी चाँही डोरीमा मच्चिँदा रहेछन् ।…
महेन्द्रमोरङ क्याम्पसमा लगायो एमाले अखिलले ताला
आर्थिक परिवेश संवाददातामोरङ । कोशी प्रदेशको ठुलो शैक्षिक संस्था विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले निर्वाचन आचारसंहितको उल्लंघन गर्दै गैरजिम्मेवार ढंगले नेविसंघका उम्मेदवारलाई भोट मागेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । अनेरास्ववियुका नेता भाष्कर खनालले क्याम्पस प्रशासनले व्यक्तिगत रूपमा विद्यार्थीहरुलाई नेविसंघमा भोट हाल्नका लागि धम्की दिएको आरोप लगाए । प्रशासनले नै कुनै विद्यार्थी संगठनलाई भोट माग्न थालेपछि आफूहरू त्यसको प्रतिकारमा उत्रिएको खनालले बताए। यता अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले नेविसंघले पराजित मानसिकता बोकेर नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको र महेन्द्र मोरङमा क्याम्पसमा प्रशासनदेखि निर्वाचन समिति नै नेविसंघको पक्षमा देखिएको कारण तालाबन्दी गरेको बताए । अनेरास्ववियुले…
सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैनः नेता केसी
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसबाट सरकारमा कसको नेतृत्वमा जाने भन्नेबारे अझै टुङ्गो लागिनसकेको बताएका छन् । बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री केसीले यसबारे कांग्रेस केन्द्रीय कार्यसमिति र कार्य सम्पादन समिति कतै पनि छलफल र औपचारिक रूपमा निर्णय नभएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेपछि मात्र कांग्रेसले सरकारमा कसलाई पठाउने भन्नेबारे निर्णय हुने उनको भनाइ थियो । सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता केसीले संविधानले स्पष्ट रूपमा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदाय उल्लेख गरेकाले अहिले कानुनअनुसार नै राष्ट्रपति र उपराष्ट्रपति चयन गरिएको बताए । भावनात्मकरूपमा महिला भएको…

