जनयुद्धका घटना अदालत पुगे प्रचण्डमात्रै होइन ओली र देउवा पनि जेल जानुपर्छः सीपी गजुरेल
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेलले जनयुद्धकालीन घटनालाई नियमित अदालती प्रक्रियामा लिएर गए प्रचण्डमात्रै नभएर केपी ओली र शेरबहादुर देउवा पनि जेल जानुपर्ने बताएका छन् । शनिबार संवाद डबलीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनयुद्धका घटनामा प्रचण्डमात्र नभई तत्कालीन सात राजनीतिक दलका नेताहरु पनि जिम्मेवार रहेको बताएका हुन् । कार्यक्रमा गजुरेलले शान्ति प्रक्रियामा तत्कालीन विद्रोही नेकपा (माओवादी), सात राजनीतिक दल र राज्यबीच सहमति भएको र त्यसको अनुगमन संयुक्त राष्ट्र संघले अनमिनमार्फत गरेको तर अहिले माओवादीलाई मात्रै दोष दिइएको आरोप लगाए । उनले शान्ति प्रक्रियाको मर्मअनुसार संक्रमणकालीन न्याय सम्पादन नहुनुमा प्रचण्डजत्तिकै नेकपा एमाले अध्यक्ष केपी शर्मा…
सभामुख घिमिरेले पत्रकार र संचार क्षेत्रका विरूद्व दिएको अभिव्यक्ति फिर्ता लिन माग
आर्थिक परिवेश संवाददाताकाठमाडौं । प्रेस सेन्टर नेपालले सभामुख देवराज घिमिरेले पत्रकार र संचार क्षेत्रका विरूद्व दिएको अभिव्यक्ति फिर्ता लिन र माफी माग्न चेतावनी दिएको छ । प्रेस सेन्टर नेपाल कास्कीको जिल्ला समन्वय समितिको साधारणसभा बोल्दै अध्यक्ष बिष्णु सापकोटा ‘जुगल’ ले यस्तो बताएका हुन् । सापकोटाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकार र सञ्चारक्षेत्रबारे दिएको अभिव्यक्ति खेदजन्य रहेको भन्दै तत्काल फिर्ता लि र माफी माग्न प्रेस सेन्टर नेपालको माग रहेको भन्दै प्रेस सेन्टर नेपाल यस्तो खेदजनक अभिव्यक्ति प्रति चुप लागेर नबस्ने बचेतावनी दिएका छन् ।
विद्युत् आदानप्रदान समिति बैठकः विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले विहारको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न समितिको १४औँ बैठकले विहारको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका विद्युत् प्रणाली सदस्य अशोककुमार राजपुतको सहअध्यक्षतामा बैठक बसेको थियो । नेपालले विहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुने छ, यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुङ्गो लगाउने छन्, यसबाट…
संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्तः राष्ट्रपति पौडेल
आर्थिक परिवेश संवाददाताकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई राष्ट्रपति कार्यालयमा साक्षात्कार तथा धन्यवाद दिन आज आयोजित समारोहमा उनले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने उल्लेख गरे । राष्ट्रपति पौडेलले भने, “संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेका कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य…
पत्रकारितासँगै व्यावसायिक अचार उत्पादनमा ‘बन्दना’
आर्थिक परिवेश संवाददातापाल्पा । व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बन्नुभएको छ, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ । पाल्पामा सक्रियरुपमा पत्रकारितासँगै महिला सशक्तीकरण, महिला हिंसाविरुद्ध सशक्तरुपमा नेतृत्व गर्दै आएकी पोखरेल यतिबेला अचार उद्यमीको रुपमा कहलिएकी छन्। पत्रकारिता गर्ने क्रममा गाउँघरका महिला, किसान, अन्याय, हिंसा, समानता, सशक्तीकरणका कुरामा कलम चलाउने र उनीहरुका आवाजलाई मिडियामा ल्याउने क्रममा आफू पनि यसबाट प्रभावित भएर व्यवसायमा होमिएको उनले बताइन् । एक वर्षअघिदेखि उहाँले रामपुरमा अचार उत्पादन सुरु गरेकी छन् । पारिवारिक अवस्था अब्बल रहे पनि आफ्नो व्यवसायबाट अरु महिलाले पनि सिको…

