सभामुख घिमिरेले पत्रकार र संचार क्षेत्रका विरूद्व दिएको अभिव्यक्ति फिर्ता लिन माग

निकासखबर संवाददाता

काठमाडौं । प्रेस सेन्टर नेपालले सभामुख देवराज घिमिरेले पत्रकार र संचार क्षेत्रका विरूद्व दिएको अभिव्यक्ति फिर्ता लिन र माफी माग्न चेतावनी दिएको छ । प्रेस सेन्टर नेपाल कास्कीको जिल्ला समन्वय समितिको साधारणसभा बोल्दै अध्यक्ष बिष्णु सापकोटा ‘जुगल’ ले यस्तो बताएका हुन् ।

सापकोटाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकार र सञ्चारक्षेत्रबारे दिएको अभिव्यक्ति खेदजन्य रहेको भन्दै तत्काल फिर्ता लि र माफी माग्न प्रेस सेन्टर नेपालको माग रहेको भन्दै प्रेस सेन्टर नेपाल यस्तो खेदजनक अभिव्यक्ति प्रति चुप लागेर नबस्ने बचेतावनी दिएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित