ओखलढुंगाबाट सवारी अनुमतिपत्र प्रदान गरिने

निकासखबर संवाददाता

ओखलढुंगा । माथिल्लो सगरमाथाका नागरिकले अब सवारी अनुमतिपत्र लिनका लागी बाहिर जानुपर्ने बाध्यता हटेको छ । ओखलढुंगाको रुम्जाटरमा स्थापना गरिएको यातायात व्यवस्थापन कार्यालयबाटै लाइसेन्स दिने कार्यको सुरुवात भए पछि यो वाध्गयाता हटेको हो ।

लाइसेन्स सेवाको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका हुन । उद्घाटन पछि बोल्दै मुख्यमन्त्री कार्कीले अब नागरिकलाई घर आँगनमै सेवा दिने गरि लाइसेन्स सेवा सुरु भएकाले ओखलढुंगा, सोलुखुम्बु र खोटाङका नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । सवारी लाइसेन्स, दर्ता, नविकरण लगायतका सबै काम ओखलढुंगाबाट हुने गरि कार्यालय स्थापना भएपछि यसक्षेत्रका सेवाग्राहीलाई सहज भएको छ ।

यसअघि यातायात सम्बन्धी सामान्य कामका लागि पनि प्रदेश नम्बर २ को लाहान वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता रहेको थियो । ओखलढुंगामा यातायात कार्यालय सञ्चालन भएपछि ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुरको उत्तरी क्षेत्रका नागरिकको त्यो सबै बाध्यता हटेको छ ।

मा प्रकाशित