राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो : अध्यक्ष लिङदेन
आर्थिक परिवेश संवाददाताकाठमाडौं, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो टिप्पणी गरेका हुन् । उनले राजनीति भन्ने बित्तिकै मानिसहरू डराउने अवस्था सिर्जना भएको बताएका छन् । कार्यक्रममा अध्यक्ष लिङ्देनले गंगादेवीको राजनीतिक यात्राको चर्चा गर्दै राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गंगादेवीराजनीतिलाई पेसा नभइ सेवाको रूपमा अवलम्बन गरेको स्मरण गरे । तर यतिबेला राजनीतिमा भएको विकृतिले राजनीति भन्ने बित्तिकै मान्छेहरुले ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेसा जस्तो मानिराखेको टिप्पणी गरे । उनले भने, ‘राजनीति लेखपढले मात्र…
हावाहुरीले हवाई उडान प्रभावित
आर्थिक परिवेश संवाददाताकाठमाडौँ, २९ चैत । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान नै प्रभावित बनेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भए भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका थिए । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौँ आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ। काठमाडौँबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ।
अब पालो पूर्वको : प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाताविराटनगर, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पूर्वलाई प्राथमिकतामा राखेर बजेट ल्याइने बताए । उनले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने भन्दै मुलुकको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट निर्माण गरिने बताए । प्रधानमन्त्री प्रचण्डले सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै सरकारका कार्यबाट जनतामा सकारात्मक आशा जागेको समेत उल्लेख गरे । अध्यक्ष प्रचण्डले सुशासन र सामाजिक…
आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाताकाठमाडौं, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै मुलुकको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सन् २०३० सम्म दिगो विकासको लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नु पर्ने बताएका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले सन् २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुनका लागि समेत सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नुको विकल्प नरहेको बताए । उनले द्रुत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ नेपाल केन्द्रित भएको बताउँदै निर्धारित लक्ष्य हासिल गर्नका लागि सरकार र निजी…
कांग्रेस सभापतिको चिन्ता : सहिदहरुको सम्मान हुन सकेन
आर्थिक परिवेश संवाददाताकाठमाडौं, २८ चैत । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ टिकुलीगढमा निर्माण गरिएको सहिद यादवनाथ आलोकको पूर्णकदको सालिकको अनावरणका क्रममा सभापति देउवाले यस्तो चिन्ता व्यक्त गरेका हुन् । सभापति देउवाले सहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उनीहरुको सबैले सम्मान गर्नुपर्ने बताए । सहिदको सपना पूरा गर्नु पनि दलहरुको कर्तव्य भएको भन्दै सभापति देउवाले यादवनाथ आलोकको सपना पनि पूरा गरेरै छाडने प्रतिबद्धता व्यक्त गरे । यसअघि सभापति देउवा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ क्षेत्रीय…

