फिचर

अब सरकारी तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट: मन्त्री शर्मा
निकासखबर संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन नेपालभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताएकी छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग आज सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटका क्रममा सरकारका प्रवक्ता शर्माले भनिन्, “फरक फरक डाटा सेन्टर हुँदा सरकारी तथ्याङ्क असुरक्षित देखिएकोले सरकारले आफ्नै सफ्वेयरबाट गर्ने तयारी गरेको छ ।” मन्त्री शर्माले सडकका पोलमा अव्यवस्थित रुपमा रहेका तारलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले दूरसञ्चार ऐन नै परिमार्जन गरी एउटै तारबाट सेवा लिन सक्ने व्यवस्था मिलाउने तयारी गरिरहेको बताइन् । अब पोलमा छरिएर रहेका तारहरुलाई व्यवस्थित गर्न एउटै तारबाट लिन मिल्ने गरी कानूनी प्रावधान ल्याइँदै छ,…

रित्तिँदै गाउँ, भरिँदै बजार
पूर्ण विके

तनहुँ, १८ फागुन, २०७९ । “यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन”, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भने, “तर अहिले ती सबै एकादेशको कथा जस्ता भए । सत्तरी घर रहेको गाउँ अहिले सातमा झ¥यो । हेर्दा हेर्दै गाउँ रित्तियो ।” भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको उक्त गाउँमा त्यस समयका ठूला र आकर्षक घर अहिले पहिरो र झाडीले पुरिँदा कहिलेकाहीँ मन भक्कानिने गुरुङले बताए । उनका दुई छोरा चितवनको शारदानगरमा घरजम गरेर बसेका छन् । पुख्र्यौंली जग्गा, जमिनको मायाले गर्दा ६३ वर्षीया श्रीमती मनसरासहित उनी भने गाउँमै बसेका छन्…

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौंः प्रधानमन्त्री दाहाल
निकासखबर संवाददाता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उहाँले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे  । प्रधानमन्त्री दाहालले भने “आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ ।” सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक…

म, जनयुद्ध र जनयुद्धसंग मेरो साइनो
रोहित दहाल

साँझ झमक्क भएको थियो । दुई जना मानिस बिराटनगरको मुनालपथमा अवस्थित हाम्रो घरमा आए । अँध्यारोले मानिसको अनुहार नजिकै गएर नियाल्दा मात्र चिन्न सकिन्थ्यो । २०४७ सालको कार्तिक अन्तिम वा मंसिरको पहिलो हप्ता थियो होला । म त्यतिबेला आई. ए. मा पढ्दै थिएँ र बिराटनगरको महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस जाने गर्थें । “को छ घरमा ?” उनीहरुले बोलाए । म घरको भुइँतले कोठाबाट बाहिर निस्किएँ । एकजना गोरे गोरे अनुहारको अग्लो र अर्को कालो वर्णको अलि होचो मानिस थिए । उनीहरुले असल स्वभावको बिद्यार्थीको खोजी गर्दै आएको बताउँदै चितवनमा हुने एउटा कार्यक्रममा प्रतिनिधित्व गर्न जानुपर्ने आग्रह गरे ।  उनीहरुले…

राष्ट्रपतिमा कांग्रेस र एकीकृत समाजवादीकाे दावी, उपराष्ट्रपति जसपालाई
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दल सहमति नजिक पुगेका छन् । राष्ट्रपति र उपपराष्ट्रपतिबारे निर्णय गर्न बसेको बैठकमा चार दल सहमति नजिक पुगेका हुन् । बैठकमा उपराष्ट्रपति जनता समाजवादी पार्टीले पाउने निश्चित भएको बताइएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी रहेको भएपनि उपराष्ट्रपति जसपाकै बन्ने पक्का भएको बैठकमा सहभागि एक नेताले बताए । शुक्रबार विहान नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा एकीकृत समाजवादीले राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने माग गरेको छ । एकीकृत समाजवादीको मागलाई जसपा र माओवादीको पनि समर्थन रहेको छ । तर माधवकुमार…