राष्ट्रपतिमा कांग्रेस र एकीकृत समाजवादीकाे दावी, उपराष्ट्रपति जसपालाई

निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दल सहमति नजिक पुगेका छन् । राष्ट्रपति र उपपराष्ट्रपतिबारे निर्णय गर्न बसेको बैठकमा चार दल सहमति नजिक पुगेका हुन् ।

बैठकमा उपराष्ट्रपति जनता समाजवादी पार्टीले पाउने निश्चित भएको बताइएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी रहेको भएपनि उपराष्ट्रपति जसपाकै बन्ने पक्का भएको बैठकमा सहभागि एक नेताले बताए ।

शुक्रबार विहान नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा एकीकृत समाजवादीले राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने माग गरेको छ । एकीकृत समाजवादीको मागलाई जसपा र माओवादीको पनि समर्थन रहेको छ । तर माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने आफूहरुको शर्त नभएको माओवादी नेताहरु बताउँछन् ।

कांग्रेस नेताहरुले भने आफ्नो दलले राष्ट्रपति छाडेर सहमति हुन नसक्ने बताए पनि उपराष्ट्रपति भने जसपाले पाउने सहमती भएको कांग्रेस नेताले बताए ।

मा प्रकाशित