फिचर

तीज बितेको एक सातापछि उपाध्यक्षको दबाबमा दर खाने कार्यक्रम
निकासखबर संवाददाता

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा तीज बितेको एक सातापछि उपाध्यक्षको दबाबमा दर खाने कार्यक्रम भएको छ । गाउँपालिकाले विनियोजन गरेको रकमले असोज ६ गते दर खाने कार्यक्रम भएको हो । गाउँपालिकाले  महिला विशेष कार्यक्रम अन्तरगत हरेक वडामा रहेका आमा समूह सञ्जाल लक्षित गरेर २० हजार बजेट विनियोजन गरेको थियो । हरेक वडालाई २० हजार र गाउँपालिका केन्द्रमा पालिका स्तरीय कार्यक्रमका लागि २० हजार गरी २ लाख बजेट विनियोजन भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लीला राज श्रेष्ठले बताए । गाउँपालिकामा रहेका ९ वटा वडा मध्य ८ वटामा र गाउँपालिका केन्द्रमा भदौ २९ गते सम्ममा तिज विशेष कार्यक्रम सञ्चालन भएका भए पनि…

परिवारकै कारण बाल श्रमिक बन्न बाध्य छन् : अभियान्ताहरु
पुष्पा महरा

काठमाडाैं,  जेठ २५ । समाजसेवा तथा मानवअधिकार संस्था ‘वुमन एन्ड चिल्ड्रेन इन सोशल सर्भिस एण्ड ह्युमन राइट्स’ (सिभिस) को तर्फबाट श्रमिक बालबालिकाका समस्या तथा त्यसको रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘बालश्रम निवारणका सम्बन्धमा नेपालको लक्ष्य, प्रगति र चनौती विशेयक’ प्यानल छलफल कार्यक्रममा सहभागीहरुले बालश्रम न्यूनीकरण तथा बालअधिकारका बारेमा अगामी दिनहरुमा कसरी जाने भनेर छलफल गरेका छन् । नेपालमा आज पनि बालश्रमिकको संख्या उल्लेख्य रहेको र धेरै श्रमिक बालबालिका आफ्नो कार्यक्षेत्रमा अमानवीय हिंसाको सिकार भएप्रति सरोकारवालाहरुले दुःख व्यक्त गरेका छन् । बाल श्रमविरुद्ध कानुनहरु निर्माण भएपनि त्यो कार्यान्वयन हुन नसक्दा अझै पनि बालश्रमिकहरुको…

राप्रपाकाे युवा संगठनद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन (फाेटाेफिचर)
निकासखबर संवाददाता

काठमाडौं। राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपालले भारतबाट नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार भएको भन्दै विरोध प्रदर्शन गरेको छ। लैनचौरस्थित नेपालका लागि भारतीय दूतावास अगाडि शुक्रबार प्रदर्शन गरेको संगठन संयोजक सुजित केसीले जानकारी दिए। भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख गररेर भारतले नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार गरेको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको उनले बताए। सोही क्रममा ‘अखण्ड भारत’ नक्सासमेत जलाएको संयोजक केसीले जानकारी दिए। यसअघि संगठनले विज्ञप्तिमार्फत् सो नक्सा सच्याउन माग गरेको थियो भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।…

जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ (फाेटाे फिचर)
निकासखबर संवाददाता

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ जावलाखेल लगिएको छ। लगनखेलको थटीटोलमा राखिएको रथलाई सोमबार जावलाखेल पुर्‍याइएको हो । मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ। भोटो देखाएपछि रातो मच्छिन्द्रनाथलाई रथबाट निकालेर बुंगमती लग्ने परम्परा छ।    

शरणार्थी प्रकरणः बाहिरिए तीन भिडियो क्लिप
निकासखबर संवाददाता

काठमाडौं । आङटावा शेर्पाले नक्कली भुटानी शरणार्थी बनाउन कागजपत्र तयार गर्दाको सन्दर्भका तीन भिडियो क्लिप पीडितहरूले उपलब्ध गराएका छन् । पहिलो भिडियो क्लिपमा आङटावा आफैँ देखिन्छन् भने उनको सामुन्ने केही युवा छन् । पीडितका अनुसार युवाहरू नक्कली भुटानी शरणार्थी बन्न तयार भएकाहरू हुन् । उक्त भिडियो ललितपुरकै बखुन्डोलस्थित बिगमार्टसँगै रहेको टिड्लट्स रेस्टुरेन्टमा जम्मा हुँदाको हो । पीडितका अनुसार भिडियो ३ मे २०२२ मा खिचिएको हो । त्यस्तै, आङटावाले सानेपामा खोलेको दोस्रो लटको कार्यालयमा नेपाली युवाहरू जम्मा भएको अर्को भिडियो छ, जहाँ शेर्पा भने देखिएका छैनन् । उक्त भिडियो आँखाको रेटिनाको फोटो र फिंगर प्रिन्ट लिन लाइनमा बस्दाको समयको भएको पीडितले बताए । युवाहरू बसेकोभन्दा अर्को कोठामा रेटिनाको…