फिचर

नक्कली भुटानी शरणार्थी प्रकरणः अनुसन्धान सामसुम पार्न शीर्ष नेताको दौडधुप
निकासखबर संवाददाता

काठमाडौं ।  भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने संगठित गिरोहविरुद्ध प्रहरी अनुसन्धान जति गहिरो हुँदै छ, शीर्षस्थ राजनीतिक नेतृत्वमा बेचैनी उति नै बढ्दै छ । जनतालाई अनागरिक बनाएर मानव तस्करी गर्न पैसा उठाउने निकटस्थहरूलाई बचाउन शीर्ष नेताहरूले सार्वजनिक रूपमा एकअर्कालाई चेतावनी दिने र भित्री कोठामा भने खुसामद गर्ने प्रयास पनि गरिरहेका छन् । गिरोहमाथि प्रहरी हस्तक्षेप सुरु भएको डेढ महिनामा १० जना पक्राउ परेका छन् । यसमा सरकार र प्रतिपक्षी दलका शक्तिशाली व्यक्ति पनि मुछिएका छन् । सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई हिरासतमा छन् । पक्राउ पुर्जी जारी भएपछि पूर्वउपप्रधानमन्त्री एवं एमाले…

राज्यबाट लखेटिएकी कृष्णकुमारी परियार
निराजन पौडेल

काठमाडौं । कृष्णकुमारी परियार उमेर ७३ वर्षकी एकल महिला हुन् । काठमाडौं महानगरले सम्पत्ति खोसेपछि पीडित बनेकी उनको परिचय यति नै काफी छ । नागरिकतामा घर बानेश्वर उल्लेख छ । तर, अहिले उनको त्यो ठेगाना र परिचय पनि महानगरले भत्काइदियो । बानेश्वर चोकको मुख्य सडकमा करोडौंको सम्पत्ति भएकी कृष्णकुमारी हाल अरूको घरमा शरण लिने अवस्थामा पुगेकी छन् । महानगरका मेयर बोलन शाहको ठाडो निर्देशनमा घर भत्किएपछि उनले सबै गुमाएकी छन् । ‘परिवार छिन्नभिन्न भए, सम्पत्तिको टुक्रो (जमिन) पनि मेयरको डोजरले खाइदियो,’ कृष्णकुमारीले भनिन् । महानगरले घर भत्किएपछि छोरा र बुहारी बिदेसिए । हातमा जग्गाको लालपुर्जा छ तर, साथमा जमिन छैन…

चितवनबासीले ‘गिरिजाबाबु’लाई गर्ने स्मरण
नारायण अधिकारी

चितवन । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ । नेपाली कांग्रेस, भातृसङ्गठनलगायतका विभिन्न सङ्घ संस्थाले उहाँको स्मृतिमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् । कोइरालालाई मुलुकले पूर्वप्रधानमन्त्रीका साथै लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेताका रुपमा समेत स्मरण गर्दछ । वर्तमान राजनीतिक उपलब्धि तत्कालीन दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्यका लागि गरिएको शान्ति सम्झौता र त्यसपछिको संविधानसभा निर्वाचनबाट मात्र सम्भव भएको थियो । जसमा स्वर्गीय कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कोइरालालाई बृहत्त शान्ति सम्झौताका एक हस्ताक्षरकर्ताका रुपमा पनि चिनिन्छ । तर चितवनबासीका लागि भने उहाँलाई सम्झिनेरहने अन्य कारण पयिन छन् । उनकै नेतृत्वमा…

लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल
निकासखबर संवाददाता

ढोरपाटन । सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा अहिले गुराँससँग रम्नेको घुइँचोनै लाग्ने गरेको छ । लामो समयको घडेरीपछि केही दिनदेखि परेको सिमसिमे वर्षाले गुराँस फूल वनैभरि फुलेको छ । वनैभरि फुलेका गुराँससँग रम्न बागलुङ र म्याग्दीबाट दैनिक आन्तरिक पुग्ने गरेका छन् । बाह्रै महिना पर्यटकले भरिने सोलेडाँडा यो समयमा कुनै पनि दिन खाली छैन । दुवै जिल्लाबाट मोटर बाटोले जोडिएको सोलेडाँडामा पर्यटक कतिपय गाडी लिएर त कति पैदलयात्रामार्फत यहाँ घुम्न आउने गरेका…

कमजोर बन्दै दलित समुदायको प्रतिनिधित्व
सुशिल दर्नाल

नेपाली जनताको सङ्घर्षपूर्ण योगदानबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १४ वर्ष पूरा भएको छ । विसं २००७ को राजनीतिक परिर्वतन हुँदै २०४६ सालको आन्दोलन, माओवादी जनयुद्ध र २०६२÷६३ को जनआन्दोलनपछि संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्रात्मक प्रणालीको अन्त्य भई गणतन्त्र स्थापना गर्यो । त्यसपछिको १४ वर्ष हेर्दा देशमा व्यवस्था फेरियो तर जनताको अवस्थामा तात्विक फरक आएन । व्यवस्था फेरिए पनि खासगरी वञ्चितीकरणमा पारिएको दलित समुदायको अवस्था ज्यूँका त्यूँ छ । देशमा आएको राजनीतिक परिवर्तनसँगै दलित समुदायमा पनि चेतनाको स्तर भने वृद्धि हुँदै गएको छ । विसं २००४ देखि दलित समुदायले सङ्गठित रुपमा विभेद्का विरुद्ध आन्दोलन गर्दै आए…