फिचर

स्ववियु निर्वाचन: ६६ क्याम्पसमा निर्विराेध, अखिल क्रान्तिकारी ३२ क्याम्पसमा
निकासखबर संवाददाता

काठमाडाैं । विद्यार्थी संगठनहरूले स्ववियु चुनावको प्रचारप्रसारमा तीव्र रूपमा अघि बढाएका छन् । स्ववियु चुनाव त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसहरूमा  चैत ५ मा हुने निर्वाचनका लागि संगठनहरुले चुनाव प्रचार तिब्र पारेका हुन् । चुनावअघि नै केही क्याम्पसहरूमा स्ववियुमा विद्यार्थी संगठनका उम्मेदवार सभापतिसहित कार्यसमितिमा निर्विरोध निर्वाचित पनि भएका छन् । विद्यार्थी संगठनको क्याम्पसमा रहेको बाहुल्यताका आधारमा केही ठाउँमा निर्विरोध स्ववियु कार्यसमिति चयन भएका छन् । अहिलेसम्म स्ववियुमा निर्विरोध निर्वाचित हुनेको अग्रस्थानमा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारी रहेकाे छ । दोस्रोमा अनेरास्ववियु रहँदा तेस्रो स्थानमा नेपाल विद्यार्थी संघ छ । ३२ वटा क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियु क्रान्तिकारी निर्विरोध निर्वाचित भएको क्रान्तिकारीकी अध्यक्ष पञ्चा…

परिवर्तनलाई उल्टाउने षड्यन्त्रकाे हामी सशक्तप्रतिवाद गछौंः देवेन्द्र पौडेल
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले माओवादीको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन् । एक भिडियो सन्देशमा बोल्दै पौडेलले माओवादीले लडेर ल्याएको व्यवस्था नै उसैलाई साझी राखेर उल्टाउने र देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको बताएका हुन् । ‘माओवादीलाई नै उभ्याएर देशी विदेशी शक्तिहरुले माओवादीलाई कमजोर बनाउने खेल भइरहेको बताए,’ उनले भने, ‘त्यसैको संकेतका रुपमाअदालतको प्रकरण बुझ्न सकिन्छ  यसको लागि हामीले प्रतिवाद गछौं ।’ २०७६ माघ १ गते प्रचण्डले बोलेको कुरा पोल्टिक भाषा भएको बताउँदै अदालतले हेर्न नमिल्ने जिकिर गरे ।  ‘प्रचण्डले त्यतिबेला बोलेको कुरा ‘पोल्टिकल’ भाषाहो, अदालतमा लैजानु गम्भीर क्रुटि हो,’ उनले भने,‘हामीले राजनीतिक, बैचारिक रुपले सशक्त प्रतिवाद…

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मकरुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उहाँले बताए । प्रधामन्त्री दाहालले भने, “परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ ।” उनले शुभकामना सन्देशमा सीमित बजेट र स्रोतसाधनका बाबजुद स्थापना भएको…

संसद विघटन ठीक थियो भनेपछि नयाँ विकल्प सोच्यौँः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ बिकल्प खोजेको बताएका छन् । बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए । सांसदहरूको भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले भने, “अघिल्लोपटक संविधानविपरित संसद विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ। संसद पुनर्स्थापना गर्न सडकसम्म गयौँ। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको…

आपसी खिचतानीले पहिचानको नारा नारामै सिमित
गुमनाम गाउँले

विराटनगर । प्रदेश १ ले नामाकरणको लामो बहस पछि ‘कोशी’ टुंगो लागेको छ । लामो रस्साकस्सीपछि दुईवटा संविधानसभा र एउटा प्रदेशसभाले पनि पार लगाउन नसकेको नामको टुंगो प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै टुंगो लागेको हो । अहिले पहिचानको आन्दोलन कमजोर भएको छ । पहिचानलाई जातीय देख्ने नश्लीय चिन्तन र उनका आँखाका लागि यही बेला पहिचानवादी आन्दोलनलाई हुर्मत लिने अवसर भएको थियो । उक्त प्रयासमा प्रदेश १ का पहिचानवादी भनिएका र भोट बैंकको रुपमा प्रयोग गर्दै आएका १ नम्बर प्रदेशका राजनीतिक दलहरुको असलियत पनि उदाङ्गीएको छ । यस प्रदेशमा लामो समयदेखि किराँत, लिम्बुवान र खम्बुवान आन्दोलनहरु निरन्तर चले । लामो समयदेखि…