खबर

नक्कली शरणार्थी खडा गर्न कसले कति रकम बुझे ?
निकासखबर संवाददाता

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, सचिव र तत्कालीन मन्त्रीका सल्लाहकारले गिरोहबाट मोटो रकम बुझेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनीहरूले गिरोहका नाइके केशव दुलाल र सानु भण्डारीमार्फत ‘गिफ्ट’ भन्दै रकम बुझेका थिए । अहिलेसम्म प्राप्त तथ्य प्रमाणले खुलेको भन्दा आरोपितहरूले बढी रकम लिएको हुनसक्ने प्रहरी अधिकारीहरूको भनाइ छ । पूर्वउपप्रधानमन्त्री एवं निलम्बीत एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, उनका तत्कालीन प्रमुख स्वकीय सचिव नरेन्द्र केसी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहमन्त्री थापाका छोरा (स्वकीय सचिवसमेत) ले गिरोहबाट रकम बुझेको खुलेको…

शरणार्थी प्रकरणः बाहिरिए तीन भिडियो क्लिप
निकासखबर संवाददाता

काठमाडौं । आङटावा शेर्पाले नक्कली भुटानी शरणार्थी बनाउन कागजपत्र तयार गर्दाको सन्दर्भका तीन भिडियो क्लिप पीडितहरूले उपलब्ध गराएका छन् । पहिलो भिडियो क्लिपमा आङटावा आफैँ देखिन्छन् भने उनको सामुन्ने केही युवा छन् । पीडितका अनुसार युवाहरू नक्कली भुटानी शरणार्थी बन्न तयार भएकाहरू हुन् । उक्त भिडियो ललितपुरकै बखुन्डोलस्थित बिगमार्टसँगै रहेको टिड्लट्स रेस्टुरेन्टमा जम्मा हुँदाको हो । पीडितका अनुसार भिडियो ३ मे २०२२ मा खिचिएको हो । त्यस्तै, आङटावाले सानेपामा खोलेको दोस्रो लटको कार्यालयमा नेपाली युवाहरू जम्मा भएको अर्को भिडियो छ, जहाँ शेर्पा भने देखिएका छैनन् । उक्त भिडियो आँखाको रेटिनाको फोटो र फिंगर प्रिन्ट लिन लाइनमा बस्दाको समयको भएको पीडितले बताए । युवाहरू बसेकोभन्दा अर्को कोठामा रेटिनाको…

नक्कली शरणार्थी प्रकरणः टोपबहादुरको बयान सकियो
निकासखबर संवाददाता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीको बयान सकिएको छ । सोमबार सुरु भएको उनको बयान राति अबेरसम्म लिइएको र मंगलबार बिहान त्यसलाई भेरिफाइ गरेर सकिएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले बताए । म्याद थपका लागि अदालत उपस्थित गराउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुर्‍याएका रायमाझीलाई त्यहींबाट बयान पनि सुरु गरिएको थियो । सुरुमा रायमाझीले अर्को दिन बयान गरौं भनेका थिए तर अनुसन्धान टोलीले समय धेरै दिन नभएकोले बयान गरिहालौं भनेपछि साँझ ४ बजेबाट बयान सुरु गरिएको थियो। करिब ९ बजेसम्म सरकारी वकिलको कार्यालयमा उनलाई बयान लिइएको थियो । बयान राति…

डडेल्धुरामा आठ महिनादेखिको कोठाभाडा नतिरी ढकाल सम्पर्क विहीन
निकासखबर संवाददाता

डडेल्धुरा । प्रतिनिधि सभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ । उनले विगत आठमहिना देखीकाे भाडा नतिरेका हुन् । डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन् । कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ । महिनाको तीन हजारका दरले काेठँ भाडामा लागएकाे र सुरुका तीन महिनाको भाडा नौ हजार दिए पनि  असोजदेखिको आठ महिनाको बाँकी रहेकाे उनले बताइन् । पटक–पटक फोन सम्पर्क गर्दा नउठाउने र आजभोलि मोबाइल नै अफ गरेर सम्पर्क विहीन भउकाे उनकाे आराेप छ । भाडा नतिरे प्रहरीकोमा निवेदन दिने…

शरणार्थी प्रकरणमा पार्टी सभापति देउवा मौन हुनुहुन्नः डा महत
निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवा मौन नरहेको बताएका छन् । समसामयिक विषयमा कांग्रेसको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। नक्कली शरणार्थी प्रकरणमा पार्टी सभापति किन मौन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘उहाँको पहिल्यैदेखि धेरै बोल्ने बानी छैन। तर, उहाँले अनुसन्धानमा सहयोग हुन्छ भनिराख्नु भएको छ । दोषी निर्दोष हुने निर्दोष दोषी हुने कुरा हुन्न। कानूनी प्रक्रिया अनुसार अघि बढ्छ।’ उनले यो प्रकरणले सत्ता गठबन्धन नभत्किने पनि बताए।