खबर

अग्नी प्रभावित दाङ र गुल्मीका दुई पालिकालाई काठमाडौं महानगरपालिकाको २० लाख सहयोग
निकासखबर संवाददाता

काठमाडौं । २२ वैशाख । काठमाडौं महानगरले अग्नि प्रभावित दाङ र गुल्मीका दुई पालिकालाई दश/दश लाख राहत दिने भएको छ । दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई सो रकम उपलब्ध गराउने निर्णय भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । आगलागीबाट पीडित बनेकाहरुका लागि सो रकम सहयोग गर्न महानगर विपद् व्यवस्थापन समितिले निर्णय गरेको उनले बताए । रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने पनि उनले जानकारी दिए । दाङको राजपुर गाउँपालिका–७ स्थित हाटबास क्षेत्रमा यही वैशाख १६ गते आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका थिए । साथै वैशाख ८ र…

अन्तिम खेलमा वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालको सानदार जित
निकासखबर संवाददाता

काठमाडौं, २२ बैशाख । पाँच खेलको टी– २० सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’  लाई ६ विकेटले पराजित गरेको छ । नेपालले पहिलो र अन्तिम गरी दुई खेल जितेको हो । यद्दपि यसअघिका तीन खेलमा भने लगातार हार व्यहोरेको नेपालले उपाधि भने हात पार्न सकेन । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी–२० विश्वकप तयारीका लागि खेलिएको खेलमा नेपाली टप अर्डरको लगातारको खराब फर्म भने अन्तिम खेलमा सुधार गरेका छन् । १७३ रनको लक्ष्य पछ्याएको नेपालले ७ बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गर्‍यो। पहिला टस जित्दै ब्याटिङ गरेको वेस्टइन्डिजले ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । नेपालका…

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
निकासखबर संवाददाता

काठमाडौं, २२ बैशाख । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा योगेश राई रहेका छन् । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठसँग ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई पक्राउ गरेको हो । राईलाई प्रहरीले शनिवार सार्वजनिक गरेको हो । पक्राउ परेका निज राईमाथि गरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।  

अबको बजेटमा युवालक्षित कार्यक्रम ल्याइने ः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । उनले अब युवा लक्षित कार्यक्रम ल्याइने भन्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गरी सोका निम्ति आवश्यक कानुनको तर्जुमा गर्ने गृहकार्य अगाडि बढाएको पनि बताए । सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु भएको बताए । उनले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास रहेको उल्लेख…

३९ जिल्लाका १६५ ठाउँका डढेलो, २ जनाको मृत्यु
निकासखबर संवाददाता

काठमाडौं, २० बैशाख । नेपालको भौगोलिक विकटता र लामो समयदेखि वर्षा नभएका कारण देशभर वन डढेलोको अवस्था विकराल बन्दै गएको छ । अत्यधिक चल्ने हुरि बतासका कारण एक ठाउँमा लागेको आगो सहजै अन्य ठाउँमा सल्किँदा आगो विकराल बन्दै गएको हो । यतिबेला वन डढेलोका कारण मानवीय बस्ती नै जोखिममा परेका छन् । हालसम्म देशभरका ३९ जिल्लाका १ सय ६५ स्थानमा डढेलो लागेको छ भने डढेमा परी दुई जनाले ज्यान गुमाईसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । यता जल तथा मौसम विज्ञान…