संघीय खबर

काँग्रेस र लोसपा एमसीसीको पक्षमा, संसदलाई अनिवार्य उपस्थित हुन निर्देशन
निकासखबर संवाददाता

काठमाडौं। नेपाली ककाँग्रेसले बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदलाई निर्देशन दिएको छ । काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमका अनुसार पार्टीका सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो । काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको फागुन ८ गतेको बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि प्रस्तुत गरेका थिए । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा रहने निर्णय गरेको छ । लोसपा नेपालको संसदीय दलको बुधबार बसेको बैठकले एमसीसी विकास परियोजना भएकाले यसको पक्षमा रहने निर्णय…

एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्छः रामचन्द पौडेल
निकासखबर संवाददाता

तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्ने बताएका छन् ।  प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । प्रस युनियनले गरेको पत्रकार सम्मेलनमा पौडेललेनेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको बताउँदै सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्ने बताए । उनले गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसिसी पास गर्ने पक्षमा कांग्रेस रहेको स्पष्ट पारेका छन् । नेता पौडेलले एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न…

एमसीसीमाथि आजदेखि छलफल हुने, छलफलपछि सम्झौता पारितको चरणमा जाने
निकासखबर संवाददाता

काठमाडौँ । प्रतिनिधि सभामा पेस भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारेमा बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ । प्रतिनिधि सभा सचिवालयले सैद्धान्तिक छलफललाई सम्भावित कार्यसूचीमा समावेश गरिसकेकोले आजको बैठकबाट छलफल प्रारम्भ हुने भएको हो । कार्यसूचीलाई आजै बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सैद्धान्तिक छलफल प्रारम्भ हुन लागेको हो । एमसीसीको सैद्धान्तिक छलफल प्रारम्भअघि महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेसको कार्यसूची रहेको छ । सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गर्ने छन् । सैद्धान्तिक छलफलमा सम्झौताका सिद्धान्तमाथि बहस हुनेछ । जसमा सभामुखले तोकेको समयसम्म नाम टिपाउने सदस्यहरूले…

पशुपति धर्मशाला फिर्ता : आलेद्वारा मन्त्रीस्तरीय निर्णयबाट ‘बतास’ सँगको सम्झौता भंग
निकासखबर संवाददाता

सांस्कृतिक एवं नेपाल–भारत द्विपक्षीय मान्यता तथा सहमतिविपरीत ‘तारे होटल’ सञ्चालन गर्न तत्कालीन सरकारले विवादास्पद व्यापारिक समूहलाई ठेक्कामा दिएको तिलगंगास्थित पशुपति धर्मशाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले फिर्ता लिएका छन् । मन्त्रीस्तरीय निर्णयबाट मन्त्री आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिइएको बुधबार बताएका हुन् । ‘छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौं’, मन्त्री आलेले भनेका छन्– ‘अब धर्मशाला बतास समूहले सञ्चालन गर्दैन ।’ धर्मशाला भाडामा दिँदा मिलेमतो भएको उल्लेख गर्दै पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले उक्त सम्झौता रद्द गरी धर्मशाला फिर्ता लिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन केही दिनअघि मन्त्री…

२० देशमा राजदूत खालि : कूटनीतिक सम्बन्ध ठप्प
पत्रपत्रिकाबाट

विभिन्न मुलुकमा रहेका नेपालका कूल ३० वटा राजदूतावासमध्ये २० वटा राजदूतावासमा लामो समयदेखि राजदूत पद रिक्त छ । कोभिड– १९ को महामारीका बेला अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लिनुुपर्ने तथा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बेला राजदूत पद नै रिक्त रहनु राम्रो नभएको कुटनीतिज्ञहरूको भनाइ छ ।विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न नेपाल सफल भएको छ । असल सम्बन्ध स्थापित गर्ने अत्यावश्यक माध्यमका रूपमा रहेका राजदूतावास खालि रहँदा नाम मात्रको कूटनीतिक सम्बन्ध रहन जाने परराष्ट्रविद् मदनकुमार भट्टराई बताउँछन् । यसरी राजदूत पद खालि रहँदा नेपालको आफ्नो प्रतिनिधित्वमा विदेशमा सवाल उठ्न सक्ने उनको भनाइ छ । तीन देशका राजदूतको संसदीय…