संघीय खबर

माइतिघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ 
निकासखबर संवाददाता

काठमाडौं । बिभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रर्दशन गर्ने भएपछि सरकारले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो । एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभेद रहेको छ । सत्तारुढ दलमध्यो नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा रहेका छ । अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमससीसी संशोधन…

कांग्रेस–एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री निवास नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ । बिहीबार राति एमाले नेताहरु छलफलका लागि बालुवाटार पुगे पछि छलफल सुरु भएको हो । बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरुबीच भएको थियो । संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् । दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गरेका थिए भने एक्ला एक्लै वार्ता पनि गरेका थिए । त्यसपछि ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर पुन बेलुका बस्ने बताएका थिए । देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको…

बिहीबारको बानेश्वर दिनभर युद्धमैदान जस्तै ‘फटो फिचर’
निकासखबर संवाददाता

काठमाडौं । बिहीबार दिनभर बानेश्वर क्षेत्र तनाव ग्रस्त रह्यो । एमसीसीको विपक्षमा प्रदर्शनमा उत्रिएका र सुरक्षाकर्मीबीचको झडपले नयाँ बानेश्वरले बानेश्वर क्षेत्र नतावग्रस्त रहेको थियो । बिहीबार दिउँसो बस्ने प्रतिनिधिसभाबाट एमसीसी पास गर्ने लागेको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र उनिहरुलाई रोक्न खोज्ने सुरक्षाकर्मीबीचको झडपले बानेश्वर क्षेत्रले ‘युद्ध मैैदान’को झल्को दिएको थियो । बानवरको पूर्व तिर नेपाल मजदुर किसान पार्टीले एमसीसीको विरुद्धमा शान्तिपुर्ण प्रदर्शन गरको थियो । यही प्रदर्शन पछि प्रदेश सांसद सृजना सैंजु आफै प्रदर्शनकारीले सभामा फोहार गेको फोहोर संकलन गरिरहेको दृश्यमा अधिकाँशको आँखा पुगेका थिए ।  यस्तै बानेश्वरको पश्चिम तिर विप्लव नेतृत्वको नेकपा सहित छ बाम घटकले पनि शान्तिपूर्ण विरोध…

एकीकृत समाजवादीका शिर्षनेता र मन्त्री एमसीसीको दुई पक्षमा
निकासखबर संवाददाता

काठमाडौं। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरू एमसीसीको पक्षमा रहेका छन् । पार्टीबाट मन्त्री भएका केही मन्त्रीहरुले त केही दिन अघि देखीनै आफूहरु एमसीसीको पक्षमा रहेको बताइ रेका थिए । पछिल्लो समय मन्त्रीहरु एमसीसीको पक्षमा रहँदा नेताहरू भने विपक्षमा देखिएका छन्। सरकारमा सहभागी भएका मन्त्रीहरू एमसीसी सदनबाट अनुमोदन गराउनु पर्ने पक्षमा रहँदै गर्दा शीर्ष नेताहरू एमसीसीको विपक्षमा उभिँदै कार्यकर्तालाई सडकमा उतारी रहेका छन्। नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरू किसान श्रेष्ठ, रामकुमारी झाँक्री र प्रेमबहादुर आले एमसीसीको पक्षमा रहेका छन् । तर, शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमसीसीको विपक्षमा । अध्यक्ष माधवकुमार नेपाल पक्ष वा विपक्षमा स्पष्ट रुपमा…

माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिने
निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा उभिने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनालबीच बिहीबार बिहान भएको छलफलमा दुवै दलका सांसदहरुले एमसीसीको विपक्षमा एकताबद्ध भएर उभिने सहमति गरेका हुन् । प्रतिनिधि सभामा आजबाट एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदैछ । संशोधनबिना एमसीसी अनुमोदन गर्न नहुने आफूहरुको अडान यथावत रहेको भन्दै दुबै दलले एमसीसीको विपक्षमा हने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बताए । यो अवस्थामा संसदमा कसरी पेश हुने र मत विभाजन भए के गर्ने भन्नेबारेमा छलफल भएको उनको भनाइ छ ।…