मुख्य खबर

एमसीसीमाथि आजदेखि छलफल हुने, छलफलपछि सम्झौता पारितको चरणमा जाने
निकासखबर संवाददाता

काठमाडौँ । प्रतिनिधि सभामा पेस भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारेमा बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ । प्रतिनिधि सभा सचिवालयले सैद्धान्तिक छलफललाई सम्भावित कार्यसूचीमा समावेश गरिसकेकोले आजको बैठकबाट छलफल प्रारम्भ हुने भएको हो । कार्यसूचीलाई आजै बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सैद्धान्तिक छलफल प्रारम्भ हुन लागेको हो । एमसीसीको सैद्धान्तिक छलफल प्रारम्भअघि महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेसको कार्यसूची रहेको छ । सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गर्ने छन् । सैद्धान्तिक छलफलमा सम्झौताका सिद्धान्तमाथि बहस हुनेछ । जसमा सभामुखले तोकेको समयसम्म नाम टिपाउने सदस्यहरूले…

नेपालआजका अध्यक्ष गुरागाइँमाथि महिला हिंसाको आरोप
निकासखबर संवाददाता

काठमाडौं । नेपालआज डटकम नामक अनलाइनका अध्यक्ष माधव गुरागाइँमाथि महिला हिसा गरेको आरोप लागेको छ । कार्यालयमै काम गरेका एक महिलाले महिला हिंसा गरेको उजुरी दिएपछि उनि निरुद्ध महिला हिसाको आरोप लागेको हो । यस विषयमा प्रेस काउन्सिल नेपालमा ती महिलाले म्यासेजको स्क्रिनसर्ट सहित उजुरी दिएपछि काउन्सिलले नेपाल प्रहरीलाई पत्राचार गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंमा केही दिनअघि एक महिलाले प्रमाणसहित गुरागाईंले मानसिक यातना तथा हिंसा गरेको उजुरी दर्ता गराएकी थिइन् । लगत्तै साइबर ब्युरोले गुरागाईलाई सम्पर्कमा आउन भनेको थियो । तर, गुरागाइँ आफूलाई कुनै पनि निकायले केही जानकारी नगराएको बताएका छन् । प्रेस काउन्सिल नेपालले प्रहरीमा गरेको पत्राचारबारे…

माओवादी सर्कुलर : माघ २७ मा पदाधिकारी चयन र केन्द्रीय समितिको पूर्णता
निकासखबर संवाददाता

काठमाडौं, ९ माघ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय पदाधिकारीहरुको चयन र बाँकी रहेका केन्द्रीय सदस्यहरुको मनोनयन माघ २७ मा गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार अन्तर्पार्टी परिपत्र जारी गर्दै पार्टीपंक्तिमा सोको जानकारी गराएका हुन् । यसअघि मिति तोकेर पनि दुई पटक स्थगित केन्द्रीय समितिको बैठक माघ २७ देखि काठमाडौमा बस्ने र सोही बैठकले पदाधिकारी चयन, केन्द्रीय समितिको पूर्णता, समसामयिक राजनीतिलगायतका निर्णय गर्ने अध्यक्ष प्रचण्डले जनाएका छन् । आठौं राष्ट्रिय महाधिवेशन सकिएको डेढ महिनापछि केन्द्रीय समितिले पूर्णता र पार्टीले केन्द्रीय पदाधिकारी पाउने भएको छ । पुस ११–१८ मा राजधानीमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष…

उपत्यकामा जोरबिजोर : यी सवारीलाई लागू हुँदैन (सूचनासहित)
निकासखबर संवाददाता

काठमाडौं, ८ माघ । शुक्रबार (७ माघ) राति बाह्र बजेदेखि अर्को सूचना नभएसम्मका लागि काठमाडौंं उपत्यकामा चल्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । यीमध्ये कतिपय अत्यावश्यक सेवाका सवारी साधनमा भने जोर–बिजोर लागू नहुने काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेका छन् । जोर–बिजोर नम्बरका आधारमा सवारी साधन सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा अन्यौल देखिएपछि दुई जिल्ल प्रशासनले शुक्रबार फेरि विज्ञप्ति निकालेर थप स्पष्ट पारेका हुन् । पछिल्ले सूचनाअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा पनि जोर–बिजोर प्रणाली लागू नहुने भएको छ । यसैगरी खाद्यान्न, दूग्धजन्य…

राष्ट्रका नाममा प्रधानमन्त्री देउवाको सम्बोधन (पूर्णपाठसहित)
निकासखबर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा देउवाले टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा देउवाले यसबीच आफू नेतृत्वको सरकारले गरेका कामहरुबारे चर्चा गरे । ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएका कार्य र हासिल भएका उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ,’ उनले भने– ‘जनतामा आशा र भरोसा बढेको छ ।’ यस्तो छ प्रधानमन्त्री देउवाको सम्बोधनको पूर्णपाठ–