मुख्य खबर
कांग्रेस–एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री निवास नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ । बिहीबार राति एमाले नेताहरु छलफलका लागि बालुवाटार पुगे पछि छलफल सुरु भएको हो । बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरुबीच भएको थियो । संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् । दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गरेका थिए भने एक्ला एक्लै वार्ता पनि गरेका थिए । त्यसपछि ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर पुन बेलुका बस्ने बताएका थिए । देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको…
एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक जारी
निकासखबर संवाददाताकाठमाडौं । एमाले र माओवादी केन्द्र का शीर्ष नेताको बैठक जारी छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच भेटवार्ता जारी छ । भेटवार्तामा एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायत सहभागी छन् ।
बिहीबारको बानेश्वर दिनभर युद्धमैदान जस्तै ‘फटो फिचर’
निकासखबर संवाददाताकाठमाडौं । बिहीबार दिनभर बानेश्वर क्षेत्र तनाव ग्रस्त रह्यो । एमसीसीको विपक्षमा प्रदर्शनमा उत्रिएका र सुरक्षाकर्मीबीचको झडपले नयाँ बानेश्वरले बानेश्वर क्षेत्र नतावग्रस्त रहेको थियो । बिहीबार दिउँसो बस्ने प्रतिनिधिसभाबाट एमसीसी पास गर्ने लागेको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र उनिहरुलाई रोक्न खोज्ने सुरक्षाकर्मीबीचको झडपले बानेश्वर क्षेत्रले ‘युद्ध मैैदान’को झल्को दिएको थियो । बानवरको पूर्व तिर नेपाल मजदुर किसान पार्टीले एमसीसीको विरुद्धमा शान्तिपुर्ण प्रदर्शन गरको थियो । यही प्रदर्शन पछि प्रदेश सांसद सृजना सैंजु आफै प्रदर्शनकारीले सभामा फोहार गेको फोहोर संकलन गरिरहेको दृश्यमा अधिकाँशको आँखा पुगेका थिए । यस्तै बानेश्वरको पश्चिम तिर विप्लव नेतृत्वको नेकपा सहित छ बाम घटकले पनि शान्तिपूर्ण विरोध…
गाईघाटमा अमेरिकी राष्ट्रपतिको पुत्ला दहन
निकासखबर संवाददाताउदयपुर । उदयपुरको सदरमुकाममा रहेको त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका विद्यार्थीहरूले बिहानैदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपतिको पुतला दहन गरेका छन् । प्रदर्शनकारीहरुले मुख्य सडक अवरुद्ध पार्दै एमसीसी खारेजीको माग राख्दै अमेरिकी राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् । विद्यार्थी पोशाकमै सडकमा ओर्लिएका प्रदर्शनकारीहरु सयौंका संख्यामा रहका छन् । उनीहरुले गाईघाटको मुख्य सडकमा प्रदर्शन अहिले पनि जारी राखेका छन । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाबाट प्रर्दशन गर्दै गाईघाट बजार परिक्रमापछि मेन चोकमा कोण सभापछि अमेरिकी राष्ट्रपतिको पुत्ला दहन गरेका थिए । पुत्ला दहनपछि विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)…
माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिने
निकासखबर संवाददाताकाठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा उभिने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनालबीच बिहीबार बिहान भएको छलफलमा दुवै दलका सांसदहरुले एमसीसीको विपक्षमा एकताबद्ध भएर उभिने सहमति गरेका हुन् । प्रतिनिधि सभामा आजबाट एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदैछ । संशोधनबिना एमसीसी अनुमोदन गर्न नहुने आफूहरुको अडान यथावत रहेको भन्दै दुबै दलले एमसीसीको विपक्षमा हने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बताए । यो अवस्थामा संसदमा कसरी पेश हुने र मत विभाजन भए के गर्ने भन्नेबारेमा छलफल भएको उनको भनाइ छ ।…

