मुख्य खबर
पहिचानको आन्दोलनमा विराटनगरमा एकदर्जन बढी घाइते
निकासखबर संवाददाताविराटनगर । विराटनगरमा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच भएको करिब एक दर्जनबढी घाइते भएका छन् । कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा एक दर्जन आन्दोलनकारी घाइते भएका छन् । सो क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३–३ जना घाइते भएका मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार आन्दोलनकारीका तर्फबाट कति घाइते भन्ने एकिन भइसकेको छैन । आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र तीन दर्जन अश्रुग्यास प्रहार गरेको उनको भनाइ छ । आन्दोलन शान्त पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । केही…
मेयर बालेनविरुद्ध सुकुम्वासीको प्रदर्शन
निकासखबर संवाददाताकाठमाडौं। सुकुम्वासीहरूले आज पनि काठमाडौँ महानगरपालिकाको कदमविरुद्ध आन्दोलन जारी राखेका छन् । उनीहरूले मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरिरहेका छन्। संविधान र कानुन विपरीत सुकुम्वासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध माइतीघर मण्डलासम्म विरोध प्रदर्शन भइरहेको छ। उनीहरूले पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिरहेका छन्।
सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी
निकासखबर संवाददाताकाठमाडाैं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् । आफूले मन्त्रालय सम्हालेको तीन महिना नाघेका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अबको आठ महिनापछि तीनदेखि सात दिनभित्र सवारी चालक अनुमतिपत्र दिने कार्ययोजना निर्माण गरिरहेको जानकारी दिएका हुन् । हाल सेवाग्राहीले सवारी चालक अनुमतिपत्र लिन झन्डै एक वर्ष कुर्नुपर्छ । मागअनुसार चालक अनुमतिपत्र छाप्न नसक्दा वितरणमा समस्या भएको उनको भनाइ छ । अहिले दैनिक छ हजार चालक अनुमतिपत्रको माग छ । तर दैनिक चार हजार अनुमतिपत्र मात्र छपाइ हुँदै आएको छ । अझै आठ लाख अनुमतिपत्र छाप्न…
प्रधानमन्त्री ‘प्रचण्ड’ र सभामुखघिमिरेबीच भेटवार्ता
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । सभामुखको अधिकार कटौती गर्न कार्य व्यवस्था समितिको परामर्श चलिरहेका बेला प्रधानमन्त्री र सभामुखको भेट भएको हो ।
मन्त्रालयले खटाएका प्रशासकीय अधिकृतलाई ७ दिनभित्र हाजिर गराउन मन्त्रालयको निर्देशन
निकासखबर संवाददाताकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई ७ दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ । मन्त्रालयले खटाईएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि ७ दिनभित्र हाजिर गराउन मन्त्री अमन लाल मोदीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले शुक्रबार नै परिपत्र गरिसकेको छ । मन्त्रालयले सम्बन्धित स्थानीय तहहरुलाई गरिएको परिपत्रमा भनिएको छ, ‘स्थानीय सरकार ऐन, २०७४ को ८४(४) बमोजिम यस मन्त्रालयबाट कामकाजमा खटाईएका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित नगरपालिका/गाउँपालिकाले प्रचलित कानून हाजिर गराई कामकाजमा लगाउनुपर्ने देखिएको हुँदा खटाईएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई पत्रको मितिले ७ (सात) दिनभित्र हाजिर…

