मुख्य खबर

पर्यटन मन्त्री किराँतीले खोजे १२ समस्याको परिणाम
निकासखबर संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकपछि अर्को बेथितिको घटना बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आकस्मिक बैठक बोलाएका छन् । बिहीबार विमानस्थलका अधिकारीसँग बैठक बसेर विमानस्थलमा यात्रुले पाइरहेको सास्तीबारे मन्त्री किराँतीले चासो राखेका हुन् । उनले ब्यागेज चोरिएको, विद्युतीय भर्‍याङको अवस्था, जहाजको उडान-अवतरण नियमितताको अवस्था, एयरपोर्टभित्रको महँगी, शौचालयको अवस्थालगायत १२ विषयमा चासो राखेका हुन् । आफूले उठाएका सवालबारे बोलेर, लेखेर नभई परिणाममा समाधान खोजेको मन्त्री किराँतीले बताए । यसअघि पटकपटक अनुगमन र निर्देशन दिँदा पनि समस्या समाधान नभएकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री किराँतीले निम्न प्रश्नहरूको परिणाम खोजेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्- १, व्यागेज चोरिएको घटनाहरू सत्य हो ?…

कांग्रेस नेता वाग्लेले गरे पार्टी परित्यागको घोषणा
निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालालाई पनि एक सन्देश पठाएर पार्टी परित्याग गरेको बताएका थिए । वाग्ले वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनमा उठ्नका लागि राष्ट्रिय स्वन्त्र पार्टीसँग अहिले छलफलमा छन् । उनी तनहुँ नै पुगेर त्यहाँका मतदाताको मनस्थिति बुझिसकेपछि कांग्रेस छाड्ने निर्णयमा पुगेका हुन् । वाग्लेले शेखर कोइरालालाई लेखेको पत्रमा सभापति शेरबहादुर देउवा र आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले पार्टी परित्याग गर्ने अवस्था सिर्जना भएको…

अब देशमा राजनीतिक स्थायित्व कायम हुने छः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

चितवन ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै अब देशमा राजनीतिक स्थायित्व कायम हुने उनले बताएका हुन् । नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो । उनले भने, “राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ ।” सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले भने, “मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ ।” बैसठ्ठी वर्षअघि सुरु भएको भरतपुरको विमान उडान कार्य अहिले आएर विस्तार…

कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने
निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ मा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो क्षेत्रमा केन्द्रीय सदस्य भट्टराई र पूर्वजिल्ला सभापति श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बारा क्षेत्र नं २ मा कस्लाई उम्मेदवार बनाउने भन्ने निर्णय पछि गरिने जनाइएको छ । तनहुँ९१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि र बारा९२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो…

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा रिहा
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने ३ जना रिहा भएका छन् । गत चैत ७ गते प्रधानमन्त्रीविरुद्ध नारा लगाएको आरोपमा पक्राउ परेका उनीहरू धरौटीमा रिहा भएका हुन् । उनीहरू जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर आज मंगलबार रिहा भएका हुन् । सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो। ७ चैतमा काठमाडौँको बानेश्वरबाट प्रचण्डबिरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको थियो । ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा ३ जनाले…