मुख्य खबर

आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै रविले मागे माफी
निकासखबर संवाददाता

काठमाडौं । चितवन–२ मा रोकिएको मतदान सुचारु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेर चितवन–२ को उपनिर्वाचनका उमेदवार रवि लामीछानेले माफी मागे पछि मतदान सुचारु भएको हो। रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेर उनले माफी मागेका हुन् । माफी मागेर निर्वाचन आयोग पठाउने सहमतिपछि मतदान सुचारु भएको हो । मतदान रोकिएपछि बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि अवस्था सहज बनेको छ । नेपाली सेनासहित प्रहरीले मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । मतदान केन्द्रको ३ सय मिटर वरपर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाउने पनि सहमति भएको छ। यहाँ साढे ३ घन्टा मतदान रोकिएको थियो। चितवन–२ को…

राज्यबाट लखेटिएकी कृष्णकुमारी परियार
निराजन पौडेल

काठमाडौं । कृष्णकुमारी परियार उमेर ७३ वर्षकी एकल महिला हुन् । काठमाडौं महानगरले सम्पत्ति खोसेपछि पीडित बनेकी उनको परिचय यति नै काफी छ । नागरिकतामा घर बानेश्वर उल्लेख छ । तर, अहिले उनको त्यो ठेगाना र परिचय पनि महानगरले भत्काइदियो । बानेश्वर चोकको मुख्य सडकमा करोडौंको सम्पत्ति भएकी कृष्णकुमारी हाल अरूको घरमा शरण लिने अवस्थामा पुगेकी छन् । महानगरका मेयर बोलन शाहको ठाडो निर्देशनमा घर भत्किएपछि उनले सबै गुमाएकी छन् । ‘परिवार छिन्नभिन्न भए, सम्पत्तिको टुक्रो (जमिन) पनि मेयरको डोजरले खाइदियो,’ कृष्णकुमारीले भनिन् । महानगरले घर भत्किएपछि छोरा र बुहारी बिदेसिए । हातमा जग्गाको लालपुर्जा छ तर, साथमा जमिन छैन…

वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न प्रचण्डको अपिल
निकासखबर संवाददाता

काठमाडौं, ९ वैशाख, २०८० । प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन्। समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना दिँदै उनले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण वामपन्थी शक्तिलाई आग्रह गरेका छन् । वर्गसङ्घर्ष र विचारधारात्मक सङ्घर्षको लामो शृङ्खला एवं विभाजन र एकताका अनगिन्ती अनुभव हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको स्मरण गर्दै उनले नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व र पहलकदमीमा भएको ऐतिहासिक सङ्घर्षकै परिणामस्वरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्र…

कतार प्रहरीमा जागिर लगाउने प्रलोभनमा ६३ लाख ठगी
निकासखबर संवाददाता

काठमाडौं। वैदेशिक रोजगारअन्तर्गत कतारको प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर एक व्यक्तिले १८ जनाको रु ६३ लाख ठगी गरेका छन्। उनीहरुबाट रु ६३ लाख ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भई हाल काठमाडौँको टोखा बस्ने पूर्णकुमार दाहाललाई पक्राउ गरी कारबाही थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनका अनुसार दाहालले कतारको प्रहरीमा रोजगारी पाइने र त्यसका लागि रु सात लाख लाग्ने भन्दै रकम ठगेको पाइएको छ। दाहालले यसरी रकम ठगी गर्दा त्यहाँको प्रहरीमा जागिर भएपछि मासिक रु एक लाख कमाइ हुने लोभ देखाएका थिए। पीडितहरुको उजुरीपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गरीदिन माग भएअनुसार खोजीका लागि खटिएको…

पुरानो कार्यशैली त्यागेर नयाँ तरिकाबाट जनताका काम गर्नुपर्छः गगन थापा
निकासखबर संवाददाता

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राप्त अवसरलाई सदुपयोग गर्दै परिणाम दिनेगरी जनताका काम गर्न कांग्रेसका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने बताएका छन् ।  कांग्रेस गण्डकी प्रदेशद्वारा शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री थापाले यस्ताे बताएका हुन् । अब कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो पुरानो कार्यशैली त्यागेर नयाँ तरिकाबाट जनताका काम गर्नुपर्ने उनकाे भनाइ थियाे । ‘लोकतन्त्र र प्रजातन्त्रमा विश्वास राख्ने पार्टी नेपाली कांग्रेसका कार्यकर्तामा विसं २०४८ को निर्वाचनमा जसरी उत्साह बढेको थियो पछिल्ला चुनावमा त्यस्तो उत्साह हराउँदै गएकाले आम नेता तथा कार्यकर्तामा पार्टीले जागरण ल्याउन आवश्यक छ’, उनले भने, ‘लोकतन्त्रमा विश्वास राख्ने पार्टी भएकाले आमजनताको भरोसा कांग्रेसप्रति…