मुख्य खबर
सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौंः सञ्चारमन्त्री शर्मा
निकासखबर संवाददाताकाठमाडाैं। सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरवारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्नेगरी सरकारले गृहकार्य अघि बढाएको बताएकी हुन् । सरकारी विज्ञापनमा देखिएको चुहावट र विचौलियापन रोक्न सकेमात्र नेपाली सञ्चार माध्य र सञ्चारकर्मीले भाग्दै आएको समस्या समाधान महत्वपूर्ण योगदान पुग्ने उनले बताइन् । सरकारी विज्ञापनमा ८० देखि ९० प्रतिशतसम्म डिस्काउन्ट र विचौलिएर पैसा लिने गरेको आफु पाएको बताउँदै उनले भनिन्,‘त्यसलाई मात्र रोक्न सकियो भने सञ्चारमाध्यमले अहिले भोग्दै आएको एक हदसम्मको आर्थिक समस्या समाधान हुनेछ । त्यसले श्रमजीवी पत्रकारहरूको पनि…
जाजरकोटमा बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु ९ जना घाइते
निकासखबर संवाददातासुर्खेत । भेरीकरीडाेरकाे महत्त्वपूर्ण पुर्वाधारकाे रुपमा रहेकाे तल्नुबगरकाे बेलिब्रिज पुल निर्माणकाे क्रममा भाचिँएकाे छ । जाजरकोट र रुकुम पश्चिमको सीमानमा पर्ने नलगाड नगरपालिका ठूलीभेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिएकाे हाे । पुल भाँचिदा एक जनाकाे मृत्यु भएकाे छ भने ९ जना घाइते भएका छन् । काममा लागेका नाै जना मध्ये, एक जनकाे मृत्यु भएको बताइएकाे छ । डोल्पा सडक खण्डअन्तर्गत रुकुम पश्चिम र जाजरकोट जोडेन गोतामकोट र तल्लुबगरस्थित भेरी नदीमा निर्माणाधीन बेलीब्रिज भाँचिए दुर्घटना भएकाे हाे । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेकोमा एक जनाकाे मृत्यु भएकाे र बाँकी पाँच जना सामान्य घाइते भरहेकाे जाजरकोट जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला…
मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व
निकासखबर संवाददाताकाठमाडौं । आज बैशाख कृष्णऔँसी अर्थात आजको दिनलाई मातातीर्थ औंशी पनि भनिन्छ । यसैगरी आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ, अझ सजिलोका लागि बोलीचालीको भाषामा आमा खुवाउने औँसी पनि भनिन्छ । आजको दिनमा जीवित आमाको दर्शन गरी मीठो खान लाउन दिई, आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्ने सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी यो पर्व मनाईदै आएको छ । आजको दिनमा मातातीर्थ सम्झना गरिन्छ । सनातन धर्मले मातापिताको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउन अनादिकाल देखि नै सिकाउँदै आएको छ । तर सबै सन्ततिलाई दैनिक रूपमा…
बस र मोटरसाइकल ठोकिँदा एकै परिवारका तीनको मृत्यु
निकासखबर संवाददातामहोत्तरी । महोत्तरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बुधबार दिउँसो महोत्तरीको गौशाला नगरपालिका-१ स्थित रेल्वे ट्र्याक नजिकै दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जना मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमति २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीप कुमार गिरिले जानकारी दिए। सम्सीबाट जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको बस र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर…
आज सूर्य ग्रहण, धार्मिक मान्यताबारे जान्नुहोस्
निकासखबर संवाददाताकाठमाडौं। वर्षको पहिलो सूर्यग्रहण बुधबार लाग्दैछ। ग्रहण बिहान ७ बजेर ४० मिनेटदेखि १२ बजेर २९ मिनेटसम्म लाग्नेछ। समग्रमा सूर्य ग्रहणको अबधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यस्तो अवस्थामा नेपाललगायतका क्षेत्रमा सूर्यग्रहण कति समयसम्म देखिने र यस समयमा के सावधानी अपनाउने भन्ने सबै जानकारी हुनु जरुरी छ। त्यसैले, ढिलो नगरी यस वर्षको पहिलो सूर्यग्रहणसँग सम्बन्धित सबै विवरणहरू जानकारी राखौं। नेपालमा सूर्यग्रहण यो सूर्यग्रहण नेपालमा देखिने छैन। त्यसैले सुतक अवधि मान्य छैन। यसबाहेक वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अष्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ। सूर्य ग्रहण र…

