जाजरकोटमा बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु ९ जना घाइते

निकासखबर संवाददाता
सुर्खेत । भेरीकरीडाेरकाे महत्त्वपूर्ण पुर्वाधारकाे रुपमा रहेकाे तल्नुबगरकाे बेलिब्रिज पुल निर्माणकाे क्रममा भाचिँएकाे छ । जाजरकोट र रुकुम पश्चिमको सीमानमा पर्ने नलगाड नगरपालिका ठूलीभेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिएकाे हाे ।

पुल भाँचिदा एक जनाकाे मृत्यु भएकाे छ भने  ९ जना घाइते भएका छन् । काममा लागेका नाै जना मध्ये, एक जनकाे मृत्यु भएको  बताइएकाे छ ।

डोल्पा सडक खण्डअन्तर्गत रुकुम पश्चिम र जाजरकोट जोडेन गोतामकोट र तल्लुबगरस्थित भेरी नदीमा निर्माणाधीन बेलीब्रिज भाँचिए दुर्घटना भएकाे हाे । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेकोमा एक जनाकाे मृत्यु भएकाे र बाँकी पाँच जना सामान्य घाइते भरहेकाे  जाजरकोट जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।

उनका अनुसार घाइतेको उद्दार कार्य भइरहेको छ ।

मा प्रकाशित