मुख्य खबर

आठ पटक मन्त्रिपरिषद् विस्तार हुँदा कुन-कुन समयमा काे-काे मन्त्रि भए ?
निकासखबर संवाददाता

काठमाडौं । १० दलको समर्थनमा प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री नियुक्त भएयता ६ पटकसम्म मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गरिसकेका छन् । पुष ११ गते नै उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । यसैबीच प्रधानमन्त्री दाहालले गत आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । र त्यो पनि अपूर्ण । प्रधानमन्त्री दाहाल वैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएपछि कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएका हुन् । कांग्रेसकाएनपी साउदले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्दा कानुन, न्याय तथा संसदीय मामिला,खानेपानी,वन तथा वातावरण , युवा तथा खेलकुदर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालय भने नेतृत्वविहीन छ । प्रधानमन्त्रीले भारत भ्रमणमा जानु अगाडि अन्य मन्त्रालय…

द्रुतमार्गको निर्माण कार्य द्रुतगतिमा भइरहेको पायौँः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई/मधेस द्रुतमार्गको निर्माण कार्य  द्रुतगतिले अगाडि बढिरहेको बताएका छन् । तराई/मधेस द्रुत मार्गको निरीक्षणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले काम राम्रै भएको महसुस भएको बताएका हुन् । उनले भने, ‘हामी निरीक्षणमा आएका छौँ । प्रत्यक्ष हेर्दा काम राम्रै भएको महसुस गरौँ । टनेलभित्र गएर पनि हेरौँ । ठुलो टनेलहरू बन्दै छन् । हिजो मात्र काठमाडौँमा ब्रिफिङ भएको थियो । कोभिडका कारण दुई ढाइ वर्ष काम खेर गएको छ । त्यसलाई मेन्टेन गर्न केही समस्या भएकै हो । अब द्रुतमार्ग अब द्रुतगतिमै निर्माण हुने प्रक्रियामा रहेको हामीले महसुस गरेका छौँ ।’ द्रुतमार्गसँग सम्बन्धित कतिपय निर्णयहरू आज बस्ने…

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा ओली भेट्न बालकोट जाँदै
निकासखबर संवाददाता

काठमाडौं । नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा अहिले बिहान ९ बजे बालकोट जाने कार्यक्रम तय भएको छ । एक साता देखि ज्वरोका कारण अस्वस्थ भएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बुझ्न र समसामयिक विषयमा छलफल गर्न शीर्ष दलका प्रमुखहरू वालकोट जान लागेका हुन् । ओलीसँगको भेटमा संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल हुने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे समेत शीर्ष तहमा छलफल हुने जनाएको छ ।

आरआर क्याम्पसका प्रमुखविरुद्ध अवहेलना मुद्दा
निकासखबर संवाददाता

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी ९आरआर० क्याम्पस प्रमुखविरुद्ध अदालतको अवहेलना विरुद्धको मुद्दा परेको छ। उच्च अदालत पाटनले चैत १४ गते स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन गराउन अन्तरिम आदेश जारी गरे पनि अहिलेसम्म निर्वाचन नगराएपछि उच्च अदालत पाटनमा अवहेलना मुद्दा दायर गरेको अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिका उम्मेदवार बनेका मदन भण्डारीले बताए। मुद्दा परेपछि न्यायाधीश जनक पाण्डे र न्यायाधीश रमेश ढकालको संयुक्त इजलासले म्याद सूचना तामेल भएको मितिले बाटाको म्यादबाहेक ७ दिनभित्र विपक्षी नं. ३,४,५,६ को हकमा उच्च सरकारी वकिल कार्यालय, पाटनमार्फत र विपक्षी नं. १ र २ को हकमा आफैँमार्फत लिखित जवाफ लिई उपस्थित हुनु भनेको छ। त्रिभुवन विश्वविद्यालयले चैत…

सातै प्रदेशमा डिजिटल प्रदेश संवाद हुँदै, डिजिटल सक्षमताको मापन गर्ने प्रयास
निकासखबर संवाददाता

काठमाडौं ।  सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा आगामी वैशाख ४ गतेदेखि कोशी प्रदेशबाट डिजिटल प्रदेश संवाद कार्यक्रम सुरू हुँदैछ । डिजिटल प्रदेश संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल हुनेछ । हरेक प्रदेशमा २ जना बिषय बिज्ञबाट कार्यपत्र प्रस्तुतिको कार्यक्रम रहेको छ भने प्रदेश सरकारका मन्त्रि र मुख्यमन्त्रिको सहभागितामा प्यानल सेसन संचालन हुनेछ । संवादमा सम्बन्धित प्रदेशको डिजिटल अवस्था, आगामी दिनमा लिनुपर्ने नीति तथा कार्ययोजना बारे पनि महत्त्वपूर्ण बहस हुने आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए । यस…