आरआर क्याम्पसका प्रमुखविरुद्ध अवहेलना मुद्दा

निकासखबर संवाददाता

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी ९आरआर० क्याम्पस प्रमुखविरुद्ध अदालतको अवहेलना विरुद्धको मुद्दा परेको छ।

उच्च अदालत पाटनले चैत १४ गते स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन गराउन अन्तरिम आदेश जारी गरे पनि अहिलेसम्म निर्वाचन नगराएपछि उच्च अदालत पाटनमा अवहेलना मुद्दा दायर गरेको अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिका उम्मेदवार बनेका मदन भण्डारीले बताए।

मुद्दा परेपछि न्यायाधीश जनक पाण्डे र न्यायाधीश रमेश ढकालको संयुक्त इजलासले म्याद सूचना तामेल भएको मितिले बाटाको म्यादबाहेक ७ दिनभित्र विपक्षी नं. ३,४,५,६ को हकमा उच्च सरकारी वकिल कार्यालय, पाटनमार्फत र विपक्षी नं. १ र २ को हकमा आफैँमार्फत लिखित जवाफ लिई उपस्थित हुनु भनेको छ।

त्रिभुवन विश्वविद्यालयले चैत ५ गते देशभर स्ववियु निर्वाचनको मिति तोकेको थियो। तर उक्त मितिमा आरआर क्याम्पसमा निर्वाचन हुन सकेन। अहिले पनि पटक( पटक मिति तोक्दे निर्वाचन स्थगित भएको छ।

मा प्रकाशित