मुख्य खबर

पीएसओकाे पेस्तोल असमाधानीका कारण पड्कदा वर्षमान पुनकी आमा घाइते
निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा  पीएसओले बोकेको पेस्तोल असमाधानीका कारण पड्कदा घाइते भएकी छन् ।  शुक्रबार राती १० बजे पीएसओ प्रकाश पुनले बोकेको पेस्तोल असमाधानी पूवर्क पड्कदा पुनको आमा घाइते भएकी हुन् । उनकाे खुट्टामा चोट लागेको छ ।  उनको अहिले  ट्रमा सेन्टरमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । साथै उनको अवस्था अहिले सामान्य रहेको अस्पताल स्राेतले जनाएकाे छ ।

देशको समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
निकासखबर संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रुपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताएका छन् । प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहमा आज आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा उनले सचरित्रवान व्यक्तिलाई राजनीतिमा स्थापित गर्न सकेमात्र प्रणाली र व्यवस्था परिवर्तनको जनताले महशुस गर्न सक्ने बताए । । “राजनैतिक प्रणाली र व्यवस्था परिवर्तनले मात्र पुग्दैन । आजको प्रदूषित राजनीतिलाई सफा गर्न जरुरी छ,” उपप्रधानमन्त्री श्रेष्ठले भने, “चरित्रवान, स्वच्छ र निस्वार्थ व्यक्तिलाई राजनीतिमा स्थापित गरेर र राजनीतिलाई सफा गरेर मात्र समाजको रुपान्तरण र समृद्ध नेपाल बनाउन सक्छौँ ।” उनले नेतृत्वको चरित्र निर्माणका लागि बौद्धशिक्षा महत्त्वपूर्ण हुने बताए । उनले गृह मन्त्रालयअन्र्तगत ध्यानको शिविर…

जनताको भेटघाटलाई सहज र व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गरेका छन् । पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘सरकार र पार्टीको कामलाई योजनावद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधि अनुसार आजबाट भेटघाटको सुरुवात भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यन्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु ।’ उनले अब पार्टीभित्र नेताको मन…

मुलुकभर वायु प्रदूषण उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह
निकासखबर संवाददाता

काठमाडौं । वातावरण विभागले केही दिनयता काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मुलुकभरका एक सय ४० भन्दा बढी स्थानमा केही दिनदेखि लागेको डढेलो र प्रदूषणका कारण काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको उल्लेख गर्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको हो । आज विज्ञप्ति जारी गर्दै विभागले बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएकाले बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास र मुटुका बिरामीहरुलाई सकेसम्म घरबाट बाहिर ननिस्किन अनुरोध गरेको छ । त्यस्तै, प्रदूषणको बढ्दो स्तरका कारण मानवीय स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकोले विशेष…

सगरमाथाकाे बेसक्याम्पमा हिमपहिरो: ३ शेर्पा आरोहीको मृत्यु
निकासखबर संवाददाता

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पाको मृत्यु भएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको हाे । सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका बुधबार बिहान मृत्यु भएको हो । बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ । शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ…