पीएसओकाे पेस्तोल असमाधानीका कारण पड्कदा वर्षमान पुनकी आमा घाइते

निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा  पीएसओले बोकेको पेस्तोल असमाधानीका कारण पड्कदा घाइते भएकी छन् ।  शुक्रबार राती १० बजे पीएसओ प्रकाश पुनले बोकेको पेस्तोल असमाधानी पूवर्क पड्कदा पुनको आमा घाइते भएकी हुन् ।

उनकाे खुट्टामा चोट लागेको छ ।  उनको अहिले  ट्रमा सेन्टरमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । साथै उनको अवस्था अहिले सामान्य रहेको अस्पताल स्राेतले जनाएकाे छ ।

मा प्रकाशित