मुख्य खबर

इलाममा एमाले अध्यक्ष ओलीलाई कालाे झण्डा !
निकासखबर संवाददाता

काठमाडौं ।  कोशी प्रदेशमा पैदेशको नामाकरणको विरोधमा प्रदर्शन गर्दै आएकालाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सोही क्रममा  इलाममा कालो झण्डा देखाउने नौ जना पक्राउ परेका छन् । इलाममा आयोजित नेकपा एमालेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सदरमुकाम पुगेपछि उनलाई लक्षित गर्दै कालो झण्डा देखाउन खोजिएको थियो । त्यसैगरी इलाम निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद राम रानालाई कोशी प्रदेश नामाकरणको विरोधीहरुले कालो झण्डा ओढाउन खोजेका थिए ।  दिउँसो कार्यक्रमस्थल सिटी हल जाँदै गरेको अवस्थामा प्रदेशसभा सदस्यलाई कालो झण्डा ओढाउन खोजिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरी दमनका…

एमाले अध्यक्ष केपी ओलीलाई गृहजिल्लामा कालाे झण्डा र ढुंगा प्रहार
निकासखबर संवाददाता

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिकामा कोशी नाम खारेज गर्दै पहिचानको आधारमा नामकरण गर्न माग गर्ने समूहले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाएका छन् । एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जाने क्रममा उनलाई कालोझण्डा देखाइएको हो । ओली कार्यक्रमस्थलतर्फ जाने क्रममा कालो झण्डा देखाउँदै पहिचान पक्षधरले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रदर्शनकारीहरुको ढुंगा लागेर दुई प्रहरी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएकोजिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । ओली बुद्धशान्तिस्थित रामजानकी मन्दिरमा कार्यकर्ता भेटघाटको…

सर्वोच्चको आदेश बाघदरबारमा, बालेन भन्छन्– ‘आदेशको परिपालना गर्न प्रतिबद्ध छौँ’
निकासखबर संवाददाता

काठमाडौं । सर्वोच्च अदालले सिंहदरबारको फोहोर तत्काल उठाउन गरेको अन्तरिम आदेश काठमाडौं महानरपालिकाले प्राप्त गरेका छ । सर्वोच्चको उक्त आदेश काठमाडौं महानरले आज ९सोमबार० प्राप्त गरेको हो । आदेशको पालना गर्न आफूहरु प्रतिबद्ध रहेको महानर प्रमुख बालेन्द्र शाहले बताएका छन् । ‘सम्मानित अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा हामी प्रस्ट, प्रतिबद्ध र दृढ छौँ,’– बालेनले लेखेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्ः ‘सिंहदरबार समेतको फोहरमैला नउठेको सम्बन्धमा सम्मानित अदालतको अन्तरिम आदेश प्राप्त गरेका छौँ । निश्चित क्षेत्रको फोहरमैला नउठेको बिषय अदालतमा प्रवेश पाउँनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता…

तनहुँ १ उपनिर्वाचनः १३ हजार मत गन्दा वाग्लेले कटाए सात हजार मत
निकासखबर संवाददाता

काठमाडौं । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्। गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ७ः४५ बजेसम्म १३ हजार ६५ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले सात हजार २९३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको…

कम्युनिष्ट पार्टी स्थापना दिवशः
शिवप्रसाद ढुंगाना

ओखलढुंगा । वाम बुद्धिजीवि तथा विष्लेषक श्याम श्रेष्ठ र लोककृष्ण भट्टराईले नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्ने आधार रहेका बताएका छन् । विष्लेषकद्वय भट्टराई र श्रेष्ठले जनमत कम्युनिष्ट पार्टीहरुको धेरै रहेको अवस्थामा शासन सत्तामा भने गैर कम्युनिष्टहरुको हालीमुहाली हुनु मुलुकको हितमा नभएको उनीहरुको ठहर छ । कम्युनिष्ट पार्टी स्थापनाको ७४ वर्ष पुगेको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान र नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको विचार गोष्ठीमा उनीहरुले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अवस्था नरहेका न्यूनतम साझा समाजवादी कार्यक्रम तयार पारेर कम्युनिष्ट महासंघ निर्माण गर्न सकिने बताएका हुन् । एउटै पार्टी वा महासंघमा अटाउन नसकिएमा देशमा दुईवटा मात्रै कम्युनिष्ट पार्टी बनाउनु…