मुख्य खबर

पद र प्रतिष्ठा नै समग्र माओवादी आन्दोलनको लागि घातक भयाेः सुर्यमान दोङ
निकासखबर संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् काभ्रे क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सुर्यमान दोङले पछिल्लो चरण माओवादी भित्र मैले पद पाए पार्टी बन्छ,नपाए बन्दैन भन्ने दृष्टिकोण विकास हुदै गएकाले यो समग्र माओवादी आन्दोलनको लागि घातक रहेको बताएका छन् । काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिकाको पार्टीको सहायक संगठन वाइसीएल नेपालको नगर भेला तथा मजदुर दिवस कार्यक्रममा पछिल्लो चरण माओवादी भित्र व्यक्तिवादले व्यापक बर्चस्व जमाएको बताएका छन् । उनले भने जनयुद्धको बेला पद मुख्य कुरा थिएन काम मुख्य थियो तर आज कुनै पनि पदमा आफु नहुने बित्तिकै नेतृत्व र पार्टी खतम भयो भनेर आलोचना गर्दै हिड्ने…

दुइछाक जुटाउनमा मै व्यस्त गरिखाने वास्तविक श्रमिकहरु
निकासखबर संवाददाता

काठमाडौं । सोमबार मध्याह्न १२ बजे राजधानीमा मुसलधारे वर्षा भैरहेको । वीर अस्पतालबाट महाबौद्धतर्फ जाँदै गर्दा नजिकै रहेको चैत्य मन्दिरमा एक वृद्ध काँधमा नाम्लो बोकेर निधारमा हातको पाली लगाई पानी छेक्दै केही नियालिरहेका थिए । कुममा फाटेको रातो धर्के सट, फाटेको खैरो रंगको टोपी लगाएका उनी विरक्तिएर मन्दिरको भित्तामा अडेस लगाएर बसेका थिए । उनी थिए काठमाडौंमा भारी बोकेर जीवन निर्वाह गर्दै आएका एक जना भरिया । नाम बताउन नचाहने ती भरिया दोलखाका हुन् । उनी हरेक दिन झैँ आज पनि पिठ्युँमा भारी बोकरे हिँडिरहेका छन् । सन्दर्भ: अन्तर्राष्ट्रिय श्रमिक दिवस आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस । विश्वका…

सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरेः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवउदारवादले मजदुर र आम जनतामाथि नयाँ प्रकारले शोषण र उत्पिडन गरेकाले त्यसका विरुद्ध साझा प्रतिवाद जरुरी रहेको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घको आठौंँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले श्रमजीवी र मजदुर वर्गलाई शोषण मात्रै गर्ने प्रवृत्तिको अन्त्यका लागि सशक्त प्रतिवाद जरुरी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार गठन भएपछि मजदुर र आम जनताको हितमा केही महत्वपूर्ण काम तथा निर्णय भएको उल्लेख गरे । वर्तमान सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याएको जानकारी दिँदै त्यसबाट लाखाैं नेपाली नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । राहदानी लिनैका लागि…

कोइरीको विवाद नटुंग्याई सकियो संसद् अधिवेशन
निकासखबर संवाददाता

काठमाडौं । संघीय संसद्को चालू अधिवेशन शुक्रवार राति १२ बजेबाट अन्त्य हुने भएको छ ।​ संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिए। चालू अधिवेशन २०७९ पुस २५ गतेदेखि शुरु भएको थियो । जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गरिएको बताइएको छ। केही दिनभित्रै बजेट अधिवेशनका रूपमा संघीय संसद्को वर्षे अधिवेशन आह्वान हुनेछ। आज प्रतिनिधिसभामा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको अनुपस्थितिलाई स्वीकृत गर्ने विषयमा आज संसद् बैठकमा विवाद भएको थियो। सभामुख देवराज घिमिरेले कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित भएको र विरामी भई…

सभामुखलाई रामहरिकाे प्रश्न अदालतले थुनामा राख्न भनेको व्यक्ति सांसदबाट किन निलम्बित भएनन् ?
निकासखबर संवाददाता

काठमाडाैं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महत्तो कोइरीलाई निलम्बन नगर्नुको कारणबारे प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद खतिवडाले कोइरी निरन्तर प्रतिनिधिसभाका १० वटा बैठकहरुमा अनुपस्थित हुँदा पनि संसदीय समितिमा समेत राखिएको भन्दै विरोध गरेका हुन् । उनले प्रहरीले थुनामा राख्नुपर्ने व्यक्तिलाई सभामुखले सांसदबाट निलम्बन नगराएर जोगाएर राख्नुको कारणबारे माग गरेका छन् । ‘लक्ष्मी महत्तो कोइरीका बारेमा मैले पटक–पटक कुरा उठाएको छु । अहिले पनि नेपाल प्रहरीले चिठी लेखेर उच्च अदालत जनकपुरको आदेशअनुसार उहाँ थुनामा बस्नुपर्ने भनेको छ । तर संसद् सचिवालयले उहाँलाई निलम्बित गरेको छैन,’ सांसद खतिवडाले भने, ‘सभामुखको भूमिका सत्तापक्ष, प्रतिपक्षतर्फ लक्षित नभईकन…