मुख्य खबर

नक्कली भुटानी शरणार्थी प्रकरणः लहरो तान्दा पहरो थर्कियो
निकासखबर संवाददाता

काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहको अनुसन्धानमा लहरो तान्दा पहरो थर्किएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणकी पत्नीहरूले पनि पैसा बुझेको दाबी गरिएको अडियो सार्वजनिक भए सँगै यो प्रकरणको लहरो तान्दा पहरो थर्किएको हो । खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डे सबुतसहित पक्राउ परिसकेका छन् भने कागजी प्रमाणअनुसार खाँण पनि अछुतो देखिएका छैनन् । भुटानी शरणार्थी समस्या समाधान गर्ने होइन, नक्कली शरणार्थी खडा गर्ने र पैसा उठाउने उद्देश्यले केपी शर्मा ओली नेतृत्वको सरकारका पाला कार्यदल गठन गरिएको विभिन्न कडीहरूले देखाएका छन् । केशव दुलाल र सानु भण्डारीको गिरोहले बनाएको योजनाअनुसार कार्यदल…

शरणार्थी प्रकरण : गृहले गठन गरेको कार्यदल सदस्य पनि छानबिनमा
निकासखबर संवाददाता

काठमाडौं ।भुटानी शरणार्थीको आवरणमा अमेरिका लैजाने भन्दै भएको एक अर्ब ठगी घटनामा गृह मन्त्रालयले गठन गरेको तत्कालीन कार्यदलका सदस्यहरूसमेत छानबिनमा तानिएका छन् । भुटानी समस्याको स्थायी तथा दीर्घकालीन समाधानका लागि भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले ०७६ मा कार्यदल गठन गरेका थिए । सोही कार्यदलको प्रतिवेदनलाई आधार बनाई करिब नौ सयजनासँग १० देखि ५० लाखसम्म उठाएर ठगी गरिएको थियो । ०७६ जेठमा गृहमन्त्रीस्तरबाट निर्णय गरी पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरिएको थियो । कार्यदलको सदस्यमा गणेबहादुर केसी तथा सदस्यसचिवमा गृह मन्त्रालयकै तत्कालीन शाखा अधिकृत दीपक न्यौपाने सदस्य थिए । कार्यदलले १ साउनदेखि काम सुरु गरी १ कात्तिकमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा चार सय २९…

बजेट अधिवेशन भोलिदेखि, यस्तो छ सम्भावित कार्यसूची
निकासखबर संवाददाता

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुने भएको छ । संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो । राष्ट्रियसभाको १४औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको भने यो दोस्रो अधिवेशनको पहिलो बैठक हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ । आइतबारको बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभा बैठकको सुरुआतमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको…

आइतबार आठौं राष्ट्रिय पत्रकारिता दिवस
निकासखबर संवाददाता

काठमाडौं । भोलि वैशाख २४ गते आठौं राष्ट्रिय पत्रकारिता दिवस मनाइदै छ ।  मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ । पत्रकारितामा खोज र नवीनताः लोकतान्त्रिक गणतन्त्रको सफलता भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिने छ । सञ्चार तथा सूचनाा प्रविधि मन्त्रलायको आयोजनामा आइतवार दिउँसो ठीक १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा विशेष समारोह आयोजना गरिने भएको छ । सो समारोहमा नेपालको पत्रकारिताको क्षेत्रमा विशिष्ठ…

बालकोटको शरणमा रहेका टोपबहादुरकाे तारेखमा छुट्ने दाउ
निकासखबर संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका पूर्व मन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीको नेपाल प्रहरीले व्यापक खोजी गरिएको छ । बुधबार दिउँसो काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि एकाएक गायव भएका उनको पैहरीले खोजी गरी रहेको हो । पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझी पछिल्लो समय काठमाडौं उपत्यकामा लुकिछिपी बसेको स्रोतको दाबी छ । बुधबार दिउँसो गृहजिल्ला अर्घाखाँचीको औपचारिक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै सहभागी उनी साँझ बुटवल झरेका थिए । सोही राति साढे ८ बजे बुद्ध एअरको उडानमा सभामुखसँगै काठमाडौं आउन लागेका उनले साढे ९ बजेको निम्ति टिकट सारेका थिए । त्यही समयमा छोरा सन्दीपलाई प्रहरीले बुटवलमा पक्रेर भोलिपल्ट…