मुख्य खबर

अब भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयोः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन् । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताए । प्रधानमन्त्री दाहालले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताए । ‘यसका लागि हिजोका दिनमा तपाईंहरुले दिएको साथ आज पनि चाहिएको । यसका लागि म तपाईंहरुसँग सहयोगको अपिल गर्न चाहन्छु ।’ उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताए । ‘अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ । सामाजिक न्याय भनेको त्यही हो,’…

भारत भ्रमणमा विद्युत् निर्यातबारे सम्झौता हुनेछः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काभ्रेपपलाञ्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न भारत भ्रमणमा विद्युत बिक्री र उत्पादनका विषयहरूमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको बताएका छन् । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले यसबारे जानकारी दिएका हुन् । सबै जनताको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबको ५ वर्षमा रेकर्ड बनाउने उनले बताए । प्रधानमन्त्रीले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको बताउँदै भारत भ्रमणका क्रममा विद्युत बिक्री र उत्पादनबारे सम्झौता हुने उल्लेख गरे । उनले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ चाहिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले…

प्रेस स्वतन्त्रता सुनिश्चत गर्न गणतन्त्र सुदृढ गर्नु आवश्यकः मन्त्री शर्मा
निकासखबर संवाददाता

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एक अर्कासँग जोडिएको बताएकी छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको ३० औं वार्षिकोत्सवको अवसरमा युनेस्कोसँग सहकार्यूमा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासंघ र त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विभागले गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले राजनीतिक स्वतन्त्रताविना प्रेस स्वतन्त्रता संभव नहुने भएकाले संघीय लोकतान्त्रिक गणतान्त्रिकको सुदृढीकरणबाट मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित गर्न संभव हुने बताइन् । ‘अहिलेको पुस्तालाई सुन्दा पनि कथाजस्ता लाग्छ होला तर कुनै यस्तो जमाना थियो, जतिबेला लेख्ने बोल्ने स्वतन्त्रताकै लागि जनताले बलिदानपूर्ण संघर्ष गर्नुपरेको थियो’– मन्त्री शर्माले भनिन्– ‘अहिले बेला प्रेस स्वतन्त्रता…

एमाले भ्रष्टाचारीलाई जोगाउने पक्षमा छैनः एमाले अध्यक्ष ओली
निकासखबर संवाददाता

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू र आफ्नो पार्टी नरहेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमालेले कसैको पनि दोषको ढाकछोप नगर्ने बताएका हुन् । उनले एमालेले कसैको पनि दोष र अपराधलाई ढाकछोप गर्दैन भन्दै अगाडी भने “कोही पनि दोषीलाई एमालेले बचाउ गर्दैन र भ्रष्टाचार कसैले गर्छ भने जान्छ । व्यक्तिगत भ्रष्टाचारलाई एमाले पनि समर्थन गर्दैन ।” उनले एमालेविरुद्ध षड्यन्त्र हुन्छ भने त्यसको मुकाबिला गर्न पनि आफू तयार रहेको बताए । अध्यक्ष ओलीले भ्रष्टाचारको मुद्दामा प्रमाणले तानिनुपर्ने भन्दै केही दिनअघि गिरफ्तार भए पनि मान्छेलाई किन छाडियो भनेर…

पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्छः सञ्चार मन्त्री शर्मा
निकासखबर संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्ने ताएकी छन् । उनहाँले पछिल्ला केही वर्षहरुमा नेपालमा समावेशीकरणको सवाल धेरै अगाडि बढेको भए पनि पत्रकारिता क्षेत्रमा महिलाको संख्या निकै कम रहेको भन्दै यसलाई बढाउन आवश्यक रहेको बताइन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले वैदेशिक मामिलामा रिपोर्टिङ गर्ने महिला पत्रकारको बारेमा तयार गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले पत्रकारितामा महिलाहरुको प्रवेशलाई प्राठथमिकता दिनुपर्ने र उनीहरु सम्मानजनकरुपमा पेशामा टिकिरहने बनाउन आम सञ्चार क्षेत्र गम्भीर हुनुपर्ने बताइन् । नेपाल पत्रकार महासंघका साढे १३ हजार सदस्यमध्ये दुई हजार चार सय…