एमाले भ्रष्टाचारीलाई जोगाउने पक्षमा छैनः एमाले अध्यक्ष ओली

निकासखबर संवाददाता

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू र आफ्नो पार्टी नरहेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमालेले कसैको पनि दोषको ढाकछोप नगर्ने बताएका हुन् ।
उनले एमालेले कसैको पनि दोष र अपराधलाई ढाकछोप गर्दैन भन्दै अगाडी भने “कोही पनि दोषीलाई एमालेले बचाउ गर्दैन र भ्रष्टाचार कसैले गर्छ भने जान्छ । व्यक्तिगत भ्रष्टाचारलाई एमाले पनि समर्थन गर्दैन ।”

उनले एमालेविरुद्ध षड्यन्त्र हुन्छ भने त्यसको मुकाबिला गर्न पनि आफू तयार रहेको बताए । अध्यक्ष ओलीले भ्रष्टाचारको मुद्दामा प्रमाणले तानिनुपर्ने भन्दै केही दिनअघि गिरफ्तार भए पनि मान्छेलाई किन छाडियो भनेर प्रश्न गरे ।

उनले नक्कली भुटानी शरणार्थीका सम्बन्धमा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए । “दोषीलाई न्यायको कठघरामा उभ्याउनु पर्दछ । निर्दोषलाई फसाउने कोसिस गर्नुहुँदैन”, उनले भने । अध्यक्ष ओलीले दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरे ।

मा प्रकाशित