कला–साहित्य

बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना
निकासखबर संवाददाता

काठमाडौँ, २७ माघ । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । छातीमा समस्या देखिएपछि शनिवार उनलाई कोलकत्तास्थित एक निजी अस्पतालमा आपतकालिन इकाइमा भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् । यद्यपि उनलाई के भएको हो भनेर अस्पतालले कुनै जानकारी गराएको छैन । ७३ वर्षीय चक्रवर्तीको स्वास्थ्यस्थितिबारे परिवारले पनि कुनै प्रतिक्रिया दिएको छैन । अभिनेता अस्पतालमा भर्ना भएको खबर आएदेखि नै उनका फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । हालै मिथुन चक्रवर्तीलाई सिनेमा उद्योगमा उनको योगदानको लागि देशको प्रतिष्ठित पद्मभूषण पुरस्कारबाट सम्मानित गरिएको थियो।   Facebook Notice for EU! You need to login to view and post FB…

गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने
निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । काठमाडौंको चाविहिलस्थित गोपीकृष्ण सिनेमा हल यही फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले एक विज्ञप्ति जारी गर्दै हल बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ । २८ वर्ष पुरानाे यस हल बन्द गर्ने निर्णय गरिएकाे प्रबन्ध निर्देशक नीरक पौडेलले जनाए चलचित्रकर्मी, हाल राप्रपा नेता उद्धव पौडेलको अगुवाइमा यो हल २०५२ सालमा स्थापना भएको थियो । पौडेलले यसलाई सिनेमाको निर्माण, प्रदर्शन र वितरण गरी तीनै विधामा गनेचुनेको व्यवसायिक घरानाका रूपमा स्थापित गरेका थिए । कोरोनाकालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नुपरेको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीका कारण…

१२ वर्षकाे सम्बन्ध टुंगियाे अभिनेत्री इशा देओलकाे, गरिन् डिभोर्स
निकासखबर संवाददाता

एजेन्सी, २४ माघ । बलिउड अभिनेत्री इशा देओलले श्रीमान् भरत तख्तानीसँग डिभोर्स गरेकी छिन् । लामो समयदेखि अलग बस्दै आएको यो जोडी अन्नतः डिबोर्स गरेका हुन् । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले विवाहको १२ वर्षपछि सम्बन्ध विच्छेद गरेका हुन् । केही समयअघि उनीहरूको सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो । मंगलबार उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले छुट्टिएको घोषणा गरेका हुन् । इशा धर्मेन्द्र र हेमा मालिनीकी छोरी हुन् । इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए। उनीहरूको दुई छोरी राध्या र मियारा छन्। Facebook Notice for EU! You need to login to view and post FB Comments!

गायक राजु परियारलाइ झलकमान लोक–संगीतले सम्मान गरिने
निकासखबर संवाददाता

काठमाडौं, १४ माघ । लोक दोहोरी गायक राजु परियारलाई झलकमान लोक संगीत सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ । बिन्ध्यवासिनी फाउण्डेसनको दशौं वार्षिक भेलाले गायक परियारलाई नगद २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गर्ने भएको हो । शनिवार मुक्तिनाथ विकास बैंकको प्रस्तुति, रमपम बिन्ध्यवासिनी म्युजिक अवार्ड–२०८० मा सम्मानित हुने श्रष्टा तथा पत्रकारको नाम अनुमोदन गरेको छ । बिन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभ्मेन्ट अवार्ड २०८० बाट नगद एक लाख रुपैयाँ राशिसहित अग्रज गायिका मिरा राणालाई सम्मान गर्ने निर्णय भएको छ । त्यस्तै, बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८० बाट नगद ५० हजार रुपैयाँ राशिसहित वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीलाई सम्मान गर्ने निर्णय भएको…

इन्द्रजात्रा अवलोकनका लागि विदेशी पाहुना काठमाडौंमा
काठमाडौं, ९ असोज २०८० ।

काठमाडौं उपत्यकाको चिरारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि स्वदेशी तथा विदेशी पाहुना काठमाडौँ आइसकेका छन् । ऐतिहासिक इन्द्रजात्रा आज वसन्तपुरमा इ वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुनासहित भगेनी सम्बन्ध स्थापित भएका स्थानीय तहका प्रमुख सहभागी भएका छन् । चीन, अमेरिका र कोरियाका केही सहरका प्रमुख नेपाल आइसकेका कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । जात्राको गरिमालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालदेखि भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो । भाद्र शुक्लपक्ष द्वादशीका दिन वसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ…