कला–साहित्य

तीजको दिन पशुपतिमा ५ लाखले गरे दर्शन, १५ वर्षपछि पूर्वी ढोका खुल्दा दर्शनमा सहज
निकासखबर संवाददाता

नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब पाँच लाख दर्शनार्थीले दर्शन, एवं पूजा आराधना गरेका छन् । बेलुकी ७ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । पशुपति क्षेत्रमै आउने भक्तजन भने अझै बढी थिए । आएका धेरै भक्तजनले भने लाम बस्नुपर्ने भएकाले मूल मन्दिरभित्र प्रवेश नगरी परिसरबाटै गजुरको दर्शन गरेर फर्किएका छन् । बेलुकी आरती चलिरहेका बेला पनि पशुपति क्षेत्रमा भक्तजनको उत्तिकै भीड रहेको उनले सुनाए । भाद्र शुक्ल तृतीयका दिनमा आज देवादिदेव महादेवको पूजा आराधना गरी महिलाले हरितालिका (तीज) पर्व मनाएका हुन् । पर्वका अवसरमा आज…

विष्णु माझीको तीज गीत ‘बलमा’
काठमाडौं, २० भदौ २०८० ।

नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिंदै छ । तीज आउन १० दिनमात्रै बाँकी रहँदा तीजका गीतहरु बजारमा सार्वजनिक भईरहका छ्न । यसैक्रममा मीठो स्वरकी धनी विष्णु माझीको गीत बुधबार सार्वजानिक भएको छ । माझीको गीत विना तीज खल्लो लाग्न सक्छ । धेरै महिला दिदी बहिनी साथै दर्शक श्रोता उनको गीतको पर्खाइमा हुन्छन् । यसपाली पनि उनको स्वर समावेश तीज गीत बलमा (पुतलीको भट्टी १९) बुधबार साँझ युट्युबमा सार्वजनिक भएको छ । सुन्दरमणि अधिकारीको शब्द र संगित रहेको यस गीत सपना म्युजिक इण्डष्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।

राजेश हमालले टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ होस्ट गर्ने
काठमाडौं, १५ भदौ २०८० ।

अभिनेता राजेश हमालले टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ होस्ट गर्ने भएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमका बीच शो घोषणा गरिएको हो । कृषि र मनोरञ्जनमा आधारित टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ इ–स्क्वायर प्रालिले कृषि र मनोरञ्जन विधालाई समेटेर गर्न लागेको हो । कृषि, उद्यमशीलता र जलवायु परिवर्तनका मुद्दालाई शो मा मुख्य विषयवस्तु बनाइनेछ । शो मा किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ । यो शो लाई शैलेश कँडेलले निर्देशन गर्नेछन भने जजको भूमिकामा योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे रहनेछन । कार्यक्रममा तीन दशक लामो अभिनय यात्रामा कैंयन पटक किसानको भूमिकामा देखिएको बताएका हमालले अब…

जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधी दिने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, ६ भदौ २०८० ।

प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि प्रदान गरिने निर्णय सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । दुई दशकभन्दा बढी समय सांगीतिक क्षेत्रमा खर्चेका उनले सयौं जनवादी गीत गाएका छन् । गायक टुहुरेको ७८ वर्षको उमेरमा २०७८ भदौ १० गते उपचारको क्रममा बयोधा अस्पतालमा निधन भएको थियो ।    

जनक ताम्राकारकाे नयाँ गीत ‘पियार’ सार्वजानीक
निकासखबर संवाददाता

काठमाडौं । गायक तथा सञ्चारकर्मी जनक ताम्राकार र गायिका निखिता थापाको युगाल गायनमा रहेको ‘पियार’ बोलको गीतको अफिसिएल म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो गायक ताम्राकारको युट्युव च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो। प्रेमिल शैलीको यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा युवतीको सुन्दरता र प्रेमको बयान गरिएको छ । म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङको मुख्य भूमिका रहेको छ । भिडियोमा श्रवानी र अर्नबको समेत अभिनय रहेको छ। उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्…