बालकोटमा ढल विस्तार गर्दा पुरिएका दुईमध्ये एकको मृत्यु
आर्थिक परिवेश संवाददाताभक्तपुर। भक्तपुरको बालकोटमा नयाँ ढल बिस्तारको क्रममा पुरिएका दुई जनामध्ये एकजनाको मृत्यु भएको छ । पुरिएका दुईमध्ये बर्ष २२ को नितेश सदाको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ। ढलको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरू पुरिएका थिए । जिल्लाको सूर्यबिनायक नगरपालिका वडा नम्बर २ बालकोटको रागीनी हाइटमा काम गरिरहेका उनीहरू पुरिएका हुन् । कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको वस्तीमा काम भइरहेको थियो । भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले घटना साँंझ चार बजे भएको जनाए । उनीहरुमध्ये सुनसरीको गढी गाउपालिका –२ घर भई हाल भक्तपुर बालकोट वस्ने ३० वर्षीय सियाराम सदालाई…
एक वर्षमा थपियो पाँच सय मेगावाट बिजुली
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ । वर्षदिनभरीमा मुलुकको प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रणालीमा बिजुली थप हुने क्रम क्रमशः वृद्धि भएको छ । यही अवस्था कायम रहे आगामी असार मसान्तसम्म मुलुकको कूल जडित क्षमता करिब तीन हजार मेगावाट बराबर पुग्नेछ । आन्तरिक खपतमा वृद्धि गर्दै ऊर्जा निर्यातमार्फत आर्थिक उपार्जन गर्न सरकारले प्रभावकारी पहल गरिरहेको छ । प्राधिकरणका अनुसार हालसम्म दुई…
झिमरुकमा डोको बुन्ने प्रतियोगिता सम्पन्न
आर्थिक परिवेश संवाददाताप्युठान। नयाँ वर्षको अबसरमा प्युठानको झिमरुक गाउँपालिका–५ ओखरकोटमा डोको बुन्ने प्रतियोगिता, परम्परागत घरेलु सामग्री प्रदर्शन तथा लोकनृत्य प्रतियोगिता शनिबार सम्पन भएको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने तथा सास्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लक्षका साथ परम्परागत घरेलु सामग्री प्रदर्शन गरिएको आयोजकले जनाएको छ। ओखरकोट चोयाचित्र उद्योगले आयोजना गरेको डोको बुन्ने प्रतियोगिता परम्परागत घरेलु सामग्री प्रदर्शन तथा लोकनृत्य प्रतियोगिता कार्यक्रममा डोको बुन्ने कार्यक्रम विशेष आकर्षक बनेको थियो। जिल्ला समन्वय समिति प्युठानका अध्यक्ष धरमबहादुर जीसीले स्थानीय उद्योगले तयार पारेका सामग्रीहरु स्थानीय तहहरुले कार्यालय प्रयोजन तथा अन्य कामका लागि खरिद गरी सहयोग गर्न आग्रह गरेका थिए। स्थानीय उत्पादन बाँसको सदुपयोग…
सातै प्रदेशमा डिजिटल प्रदेश संवाद हुँदै, डिजिटल सक्षमताको मापन गर्ने प्रयास
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा आगामी वैशाख ४ गतेदेखि कोशी प्रदेशबाट डिजिटल प्रदेश संवाद कार्यक्रम सुरू हुँदैछ । डिजिटल प्रदेश संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल हुनेछ । हरेक प्रदेशमा २ जना बिषय बिज्ञबाट कार्यपत्र प्रस्तुतिको कार्यक्रम रहेको छ भने प्रदेश सरकारका मन्त्रि र मुख्यमन्त्रिको सहभागितामा प्यानल सेसन संचालन हुनेछ । संवादमा सम्बन्धित प्रदेशको डिजिटल अवस्था, आगामी दिनमा लिनुपर्ने नीति तथा कार्ययोजना बारे पनि महत्त्वपूर्ण बहस हुने आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए । यस…
४५ दिने निःशुल्क शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्दै युएण्टो
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेकपा माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन युएण्टोले शिक्षक सेवा आयोगको आधारभूत तह(१८ कक्षा)परीक्षालाई लक्षित गर्दै ४५ दिने अनलाइन निशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । युएण्टो केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुन लागेको सो अनलायन तयारी कक्षा आगामी आइतबारदेखि शुरु हुने संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । उनका अनुसार ४५ सेसनमा चल्ने उक्त तयारी कक्षा दैनिक १ घण्टा ३० मिनेटको हुनेछ । दैनिक लोकसेवा र शिक्षक सेवा आयोगका ख्याति प्राप्त विज्ञ, प्रशिक्षक, पुस्तक लेखकहरुद्वारा सहजीकरण उक्त अनलाइन तयारी कक्षामा देशभरबाट जोडिन सकिनेछ । दैनिक हाजिरी हुने व्यवस्था गरिएको छ भने नियमित ३ दिनसम्म अनुपस्थित हुनेलाई…

