आदिवासी जनजाति र थारु समुदायको विषयमा संयुक्त राष्ट्र स्थायी मञ्चमा मन्त्री मोदीले गरे सम्बोधन
आर्थिक परिवेश संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सम्बोधन गरेका छन् । सत्रमा नेपालको तर्फबाट सम्बोधन गर्दै मन्त्री मोदीले नेपालका आदिवासी जनजाति र थारु समुदायको समस्या, हक अधिकार लगायतका विषयमा महत्वपूर्ण सम्बोधन गरेका हुन् । लामो संघर्षपछि २०७२ सालमा नेपालले प्रगतीशिल संविधान पाएको बताउँदै मन्त्री मोदीले संविधानमा समावेशी र समानुपातिकताको व्यवस्था भएको समेत उल्लेख गरे । आफू सम्बद्ध पार्टी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकारको पक्षधरता भएको बताउँदै उनले भने, “प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार सुशासन…

द्रुतमार्गको निर्माण कार्य द्रुतगतिमा भइरहेको पायौँः प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई/मधेस द्रुतमार्गको निर्माण कार्य  द्रुतगतिले अगाडि बढिरहेको बताएका छन् । तराई/मधेस द्रुत मार्गको निरीक्षणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले काम राम्रै भएको महसुस भएको बताएका हुन् । उनले भने, ‘हामी निरीक्षणमा आएका छौँ । प्रत्यक्ष हेर्दा काम राम्रै भएको महसुस गरौँ । टनेलभित्र गएर पनि हेरौँ । ठुलो टनेलहरू बन्दै छन् । हिजो मात्र काठमाडौँमा ब्रिफिङ भएको थियो । कोभिडका कारण दुई ढाइ वर्ष काम खेर गएको छ । त्यसलाई मेन्टेन गर्न केही समस्या भएकै हो । अब द्रुतमार्ग अब द्रुतगतिमै निर्माण हुने प्रक्रियामा रहेको हामीले महसुस गरेका छौँ ।’ द्रुतमार्गसँग सम्बन्धित कतिपय निर्णयहरू आज बस्ने…

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा ओली भेट्न बालकोट जाँदै
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा अहिले बिहान ९ बजे बालकोट जाने कार्यक्रम तय भएको छ । एक साता देखि ज्वरोका कारण अस्वस्थ भएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बुझ्न र समसामयिक विषयमा छलफल गर्न शीर्ष दलका प्रमुखहरू वालकोट जान लागेका हुन् । ओलीसँगको भेटमा संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल हुने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे समेत शीर्ष तहमा छलफल हुने जनाएको छ ।

आरआर क्याम्पसका प्रमुखविरुद्ध अवहेलना मुद्दा
आर्थिक परिवेश संवाददाता

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी ९आरआर० क्याम्पस प्रमुखविरुद्ध अदालतको अवहेलना विरुद्धको मुद्दा परेको छ। उच्च अदालत पाटनले चैत १४ गते स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन गराउन अन्तरिम आदेश जारी गरे पनि अहिलेसम्म निर्वाचन नगराएपछि उच्च अदालत पाटनमा अवहेलना मुद्दा दायर गरेको अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिका उम्मेदवार बनेका मदन भण्डारीले बताए। मुद्दा परेपछि न्यायाधीश जनक पाण्डे र न्यायाधीश रमेश ढकालको संयुक्त इजलासले म्याद सूचना तामेल भएको मितिले बाटाको म्यादबाहेक ७ दिनभित्र विपक्षी नं. ३,४,५,६ को हकमा उच्च सरकारी वकिल कार्यालय, पाटनमार्फत र विपक्षी नं. १ र २ को हकमा आफैँमार्फत लिखित जवाफ लिई उपस्थित हुनु भनेको छ। त्रिभुवन विश्वविद्यालयले चैत…

भन्सार छलीका सामग्रीबाट चार करोड ६५ लाख राजस्व सङ्कलन
आर्थिक परिवेश संवाददाता

नवलपरासी (बर्दघाट सुस्तापूर्व) । नवलपुरमा प्रहरीले भन्सार छलीका सामग्रीबाट चार करोड ६५ लाख ८५ हजार आठ सय ४० राजश्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ३८ पटक विभिन्न प्रकारका भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको छ । बरामद सामग्रीलाई भन्सार चलान गरी उक्त राजस्व सङ्कलन गरिएको उहाँले बताए । जिल्ला प्रहरी कार्यालयले भन्सार छलीसहित विभिन्न प्रकृतिका कारबाहीबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कूल सात करोड २० लाख ७० हजार आठ सय ९० राजस्व सङ्कलन गरेको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिए । उनका अनुसार भन्सार छलीपछि सबैभन्दा धेरै राजस्व…