मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व
आर्थिक परिवेश संवाददाताकाठमाडौं । आज बैशाख कृष्णऔँसी अर्थात आजको दिनलाई मातातीर्थ औंशी पनि भनिन्छ । यसैगरी आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ, अझ सजिलोका लागि बोलीचालीको भाषामा आमा खुवाउने औँसी पनि भनिन्छ । आजको दिनमा जीवित आमाको दर्शन गरी मीठो खान लाउन दिई, आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्ने सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी यो पर्व मनाईदै आएको छ । आजको दिनमा मातातीर्थ सम्झना गरिन्छ । सनातन धर्मले मातापिताको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउन अनादिकाल देखि नै सिकाउँदै आएको छ । तर सबै सन्ततिलाई दैनिक रूपमा…
बस र मोटरसाइकल ठोकिँदा एकै परिवारका तीनको मृत्यु
आर्थिक परिवेश संवाददातामहोत्तरी । महोत्तरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बुधबार दिउँसो महोत्तरीको गौशाला नगरपालिका-१ स्थित रेल्वे ट्र्याक नजिकै दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जना मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमति २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीप कुमार गिरिले जानकारी दिए। सम्सीबाट जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको बस र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर…
प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भारत भ्रमणको निमन्त्रणा
आर्थिक परिवेश संवाददाताकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणको निमन्त्रणा आउको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत निम्तो पठाएका हुन् । भारतीय प्रधानमन्त्री मोदीको चुनावी कार्यक्रम र विदेश भ्रमणको समेत व्यस्तता रहेको भन्दै प्रचण्डलाई निम्तो दिन ढिला गरेको स्रोतको भनाइ छ । यद्यपि, भ्रमणको तयारी पूरा भएपछि मात्रै भ्रमणको तालिका सार्वजनिक गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर, वैशाख अन्तिम साता मात्रै प्रधानमन्त्रीको भारत भ्रमण हुन सक्ने बताइएको छ । भारत भ्रमणको निम्तो आए सँगै तेसोपटक प्रधानमन्त्री भएका प्रचण्डको विदेश भ्रमण भारतबाटै सुरु हुने पक्का भएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि भन्दै…
आज सूर्य ग्रहण, धार्मिक मान्यताबारे जान्नुहोस्
आर्थिक परिवेश संवाददाताकाठमाडौं। वर्षको पहिलो सूर्यग्रहण बुधबार लाग्दैछ। ग्रहण बिहान ७ बजेर ४० मिनेटदेखि १२ बजेर २९ मिनेटसम्म लाग्नेछ। समग्रमा सूर्य ग्रहणको अबधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यस्तो अवस्थामा नेपाललगायतका क्षेत्रमा सूर्यग्रहण कति समयसम्म देखिने र यस समयमा के सावधानी अपनाउने भन्ने सबै जानकारी हुनु जरुरी छ। त्यसैले, ढिलो नगरी यस वर्षको पहिलो सूर्यग्रहणसँग सम्बन्धित सबै विवरणहरू जानकारी राखौं। नेपालमा सूर्यग्रहण यो सूर्यग्रहण नेपालमा देखिने छैन। त्यसैले सुतक अवधि मान्य छैन। यसबाहेक वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अष्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ। सूर्य ग्रहण र…
आठ पटक मन्त्रिपरिषद् विस्तार हुँदा कुन-कुन समयमा काे-काे मन्त्रि भए ?
आर्थिक परिवेश संवाददाताकाठमाडौं । १० दलको समर्थनमा प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री नियुक्त भएयता ६ पटकसम्म मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गरिसकेका छन् । पुष ११ गते नै उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । यसैबीच प्रधानमन्त्री दाहालले गत आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । र त्यो पनि अपूर्ण । प्रधानमन्त्री दाहाल वैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएपछि कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएका हुन् । कांग्रेसकाएनपी साउदले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्दा कानुन, न्याय तथा संसदीय मामिला,खानेपानी,वन तथा वातावरण , युवा तथा खेलकुदर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालय भने नेतृत्वविहीन छ । प्रधानमन्त्रीले भारत भ्रमणमा जानु अगाडि अन्य मन्त्रालय…

