मेलामा ठेलमठेल हुँदा १६ जना घाइते
आर्थिक परिवेश संवाददाता

इलाम । नयाँ वर्षको अवसरमा इलाम सदरमुकामको ठुलो टुँडिखेलमा चलिरहेको रमाइलो मेलामा ठेलमठेल हुँदा मेला हेर्न गएका १६ जना घाइते भएका छन् । घाइते मध्ये छ जनालाई थप उपचारका लागि झापाका अस्पतालमा रेफर गरिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । सामान्य घाइते भएका दश जना भने इलाम अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन् । इलाम स्थित राहसल बाल अनाथालयको आर्थिक सहयोगको लागि आयोजना गरिएको मेलामा हिजो बेलुकाको साङ्गीतिक कार्यक्रममा प्रमोद खरेलको प्रस्तुति हेर्न मानिसहरू ठुलो सङ्ख्यामा भेला भएका थिए । टिकट काटेर कार्यक्रम हेर्न गएका मानिसहरू भीड धेरै भएपछि टुँडिखेल छिर्ने गेटमै ठेलमठेल हुँदा गेट भत्किए पछि मानिसहरू…

कतारमा मनाए नेपालीले नयाँ वर्ष
आर्थिक परिवेश संवाददाता

दोहा । रोजगारीको सिलसिलामा कतारको राजधानी दोहामा कार्यरत नेपाली समुदायले कतारमा नयाँवर्ष मनाएका छन । कतार एयरवेज गु्रपमा कार्यरत नेपालीहरुले दोहाको मुन्ताजा पार्कमा जम्मा भएर २०८० सालको शुभकामना आदानप्रदान गर्दै नयाँ बर्ष मनाएका हुन । जागरुक युवा समाज नेपालले नयाँ बर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रम गरेको थियो । रोजगारीका क्रममा नेपालबाट गएका नेपालीहरु सहभागि कार्यक्रममा नयाँ बर्षले नयाँ उमंग थप्ने विश्वास लिर्दै उनीहरुले एक अर्कामा शुभकामना आदानप्रदान गरेका थिए । जागरुक युवा समाज नेपालका संरक्षक रविन्द्र प्रसाद पोखरेल र समाजका अध्यक्ष यादव प्रसाद चौलागाईले संयुक्त रुपमा क्यालेण्डको बिमोचन गरेका थिए । रोजगारीको सिलसिलामा दोहामा ९ बर्षदेखि कार्यरत हेटौंडा…

पीएसओकाे पेस्तोल असमाधानीका कारण पड्कदा वर्षमान पुनकी आमा घाइते
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा  पीएसओले बोकेको पेस्तोल असमाधानीका कारण पड्कदा घाइते भएकी छन् ।  शुक्रबार राती १० बजे पीएसओ प्रकाश पुनले बोकेको पेस्तोल असमाधानी पूवर्क पड्कदा पुनको आमा घाइते भएकी हुन् । उनकाे खुट्टामा चोट लागेको छ ।  उनको अहिले  ट्रमा सेन्टरमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । साथै उनको अवस्था अहिले सामान्य रहेको अस्पताल स्राेतले जनाएकाे छ ।

सिरहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
आर्थिक परिवेश संवाददाता

सिरहा । हात्तीको आक्रमणबाट सिरहामा शुक्रबार राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट शुक्रबार राति गोलबजार नगरपालिका–३ गोला मुक्सारका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो । छिमेकी घनश्याम आले मगरका अनुसार नयाँ वर्षको अवसरमा गाउँमा आयोजित नाच हेर्न जाने क्रममा राति घरनजिकै हात्तीको आक्रमणमा ७४ वर्षीय तुलबहादुर आले मगर परेका थिए । सिरहाको उत्तरवर्ती चुरे क्षेत्रमा अवस्थित गोला मुक्सारमा उनीसँगै छिमेकी हर्कमान राईसहित चार जना राति साढे १० बजे नाच हेर्न निस्केका थिए । घरबाट निस्कनेबित्तिकै बाटोमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा प्रकाश श्रेष्ठ, बमबहादुर थापासहति आफूहरुले भागेर ज्यान जोगाएको सँगै नाच हेर्न गएका हर्कमान राईले…

शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधा जोशीको निधन
आर्थिक परिवेश संवाददाता

काठमाडौं । शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन भएको छ । जाेशीकाे आज बिहान ५ बजेर ५६ मिनेटमा सय वर्षकाे उमेरमा ललितपुरको इमाडाेलस्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि किष्ट अस्पतालमा भर्ना भएकी उनकाे उपचारको क्रममा बिहान निधन भएकाे अस्पतालकी पब्लिक रिलेसन अफिसर विपना घिमिरेले बताइन् । यसअघि गत वर्ष असोज ३० गते जोशीको पति सत्यमोहन जोशीको निधन भएको थियो ।