एभरेष्ट बैंकद्वारा बर्दघाट नवलपरासी (पश्चिम) मा आफ्नो १२५ औं शाखा उद्घाटन
आर्थिक परिवेश संवाददातानवलपरासी । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज मिति २०८० साल वैशाख २५ गतेका दिन नवलपरासी (पश्चिम) मा आफ्नो १२५ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापती केशव प्रसाद भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमका प्रहरी वरिष्ठ उपरिक्षक किरण बस्नेत, बर्दघाट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष वेधविना तिवारी, इलाका प्रहरी कार्यालय बर्दघाटका…
लैंगिक हिंशा र वालविवाह अन्त्यका लागि कालिमाटीमा सार्वजनिक प्रतिवद्धता
आर्थिक परिवेश संवाददातासल्यान । सल्यानको कालिमाटी गाउँपालिकामा महिला सशक्तीकरण कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको सात वटै वडामा यो कार्यक्रम सञ्चालन हुनेछ । सोमबार वडा नम्बर १ को लक्ष्मीपुरमा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत महिलाको नेतृत्व, क्षमता र उद्यमशिलता विकास, लैंगिक हिंशा विरुद्ध सचेतना र वाल विवाह न्यूनीकरणका विषयमा अभिमुखिकरण, अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ । गाउँपालिकाको सहयोग तथा सामुदायीक विकास केन्द्रको आयोजनामा कार्यक्रम सुरु भएको हो । कार्यक्रममा बालविवाह तथा लैंगिकताको आधारमा हुने सबै प्रकारको हिंसा र अपराधलाई अन्त्य गर्नका लागि जनप्रतिनिधी, कर्मचारी, स्थानीय महिला तथा सरोकारवालाहरुले सार्वजनिक प्रतिवद्धता पनि जनाएका छन् । हिंशामुक्त समाज निर्माण र बाल विवाह अन्त्यका…
डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न
आर्थिक परिवेश संवाददाताधनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा सोमबार धनगढीमा डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न भएको हो । सोमबार भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष मोहन देव विष्ट र सदस्य प्रा. डा. जगत बहादुर सिंह रावल, सामाजिक विकास मन्त्रालयका कार्यवाहक सचिव गणेश बहादुर सिंह, घोडाघोडी नगरपालिकाका मेयर खड्क बहादुर रावत, कैलारी गाउँपालिकाका अध्यक्ष राज समाज चौधरी, क्यान महासंघका उपाध्यक्ष हर्क सेठीको सहभागीता थियो । यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीएसपी भरत…
मुक्तिनाथविकास बैंकद्वारा बैंककाग्राहकहरुलाईनयाँबानेश्वरको “दृश्य लाउन्ज”माविशेष छुट
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । मुक्तिनाथविकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नयाँबानेश्वरको “दृश्य लाउन्ज”सँग छुट प्रदानगर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले नयाँबानेश्वरको “दृश्य लाउन्ज”माफुड एण्ड बेभरेजमा विशेष १५% छुट प्राप्तगर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसीनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकका प्रमुख सूचन ाअधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए । त्यसै गरी प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन…
जीवनबहादुरहरुसँग सहकार्य गरेर समाजवाद आउँदैन : छक्कबहादुर लामा
आर्थिक परिवेश संवाददाताकाठमाडौं । पुराना वामपन्थी नेता छक्कबहादुर लामा हुम्लाबाट दुई पटक संघीय सांसद भइसकेका नेता हुन् । तर, यसपटक भने लामा कर्णाली प्रदेशसभाका लागि निर्वाचन लडे र नेपाली कांग्रेसका जीवनबहादुर शाहीसँग पराजीत बने । माओवादी केन्द्रको प्रभाव रहेको यस क्षेत्रमा गठबन्धनबाट कांग्रेस नेता शाहीले जितेका हुन । लामाको व्यक्तित्व, कर्म, विद्वता हेर्दा शाहीसँग चुनाव हार्नुपर्ने थिएन । जनतामाझ लोकप्रिय छक्कबहादुर लामा यसअघि २०७४ सालमा वाम गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका थिए । ०४८ सालमा संयुक्त जनमोर्चाबाट देशभरिबाट जित्ने नौ सांसदमध्ये लामा पनि एक हुन् । जनमोर्चा नेकपा (एकता केन्द्र) को रणनीतिक मोर्चा हो । एकता केन्द्र नै पछि…

