नोबेलमा ट्रमा र सर्जिकल आइसीयूको स्तरोन्नति
आर्थिक परिवेश संवाददाता

विराटनगर  । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ट्रमा र सर्जिकल आइसीयू सेवालाई थप व्यवस्थित बनाइएको छ । उपचार सेवालाई स्तरीय र व्यवस्थित बनाउँदै लगेको नोबेल अस्पतालले ट्रमा र सर्जिकल आइसीयू सेवालाई पनि थप व्यवस्थित बनाएको हो । दुर्घटनाजन्य चोटपटक लागेका र शल्यक्रिया गरिएका जटिल बिरामीलाई ट्रमा र सर्जिकल आइसीयूमा राखेर उपचार गर्ने गरिन्छ । ट्रमा र सर्जिकल आइसीयूलाई विस्तार र थप व्यवस्थित गरेर १५ बेड पुर्याइएको नायब अस्पताल निर्देशक डा.मुक्ति आचार्यले जानकारी दिए । उनका अनुसार आवश्यकता अनुसार थप बेड विस्तार गरिनेछ । जटिल अवस्थाका बिरामीको उपचारका लागि भेन्टिलेटरसहितको आइसीयू कक्ष छुट्याइएको छ । एनेस्थेसिया विभागको अगुवाइमा सञ्चालन हुने यो आइसीयूमा…

सांसद शर्माको खुलासाः नक्कली शरणार्थी प्रकरणका अभियुक्तको बयान फेर्न खोजिदैछ
आर्थिक परिवेश संवाददाता

काठमाडौं  । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले नक्कली शरणार्थी प्रकरणका अभियुक्तको बयान फेर्न दवाव दिने काम भइरहेको खुलासा गरेका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले मुख्य व्यक्तिलाई उन्मुक्ति दिन अभियुक्तहरुको बयान फेर्ने प्रयास भइरहेको खुलासा गरेका हुन् । नेपाली कांग्रेसका युवा नेता शर्मा मोरङको क्षेत्र नं.३ बाट निर्वाचित भएका हुन् । आफ्नो निर्वाचन क्षेत्रसँग पनि शरणार्थीको विषय जोडिएकाले अभियुक्तहरुलाई भेट्न जाँदा उनीहरुको बयान फेर्ने प्रयास भइरहेको थाहा पाएको उनले खुलासा गरे । ‘मेरो क्षेत्रसँग केही सम्बन्धित केस भएकाले के रहेछ भनेर बुझ्नका लागि थुनामा राखिएका मान्छेलाई भेट्न गएको थिए,’ सांसद शर्माले भने, ‘उनीहरुलाई त्यहाँ राखेर बयान गर्ने…

ढाकाकुमारको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट समेत हटाउने गरी भएको कारबाहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश जारी गरेको छ । आफूलाई सांसद पदबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयविरुद्ध ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमा सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो आदेशसँगै श्रेष्ठको सांसद पद अर्को आदेश नभएसम्मका लागि कायम रहने भएको छ। इजलासले दुबै पक्षको बहस सकिएर आदेश नहुन्जेलसम्म श्रेष्ठलाई गरिएको कारबाही कार्यान्वयन नगर्न दिएको हो । यसका लागि दुवै पक्षलाई छलफलका लागि सर्वोच्चले बोलाएको छ । व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड…

नेपालमा भ्रष्टाचारः कोही चोखो छ ?
आर्थिक परिवेश संवाददाता

नेपालमा भ्रष्टाचारलाई अवसरको रुपमा लिइन्छ। अवसर त्यतिखेर प्राप्त हुन्छ जब कानुन कमजोर बन्छ। निर्वाचन महँगो हुन्छ। पद्दती अस्थिर बन्छ। न्यायालय स्वतन्त्र हुँदैन् । कर्मचारीतन्त्र निरीह बन्छ । नेता, प्रशासक, व्यापारी, व्यवसायी ,समाज, पत्रकार ,कर्मचारी सबै यो अवसरमा मग्न हुन्छन् र एकले अर्कालाई दोषारोपण गर्दै कानुन र  पद्धतीको फाइदा लिन थाल्छन्। ती अवसर के के हुन सक्छन् । कस्ता कस्ता ठाउँमा अवसर छन् । अवसरलाई प्राप्त गर्ने औजारहरू के के हुन सक्छन् । ती विषयहरूलाई  हेरौं । बजार बजारमा भ्रष्टाचार देखिँदैन। तर हुन्छ । बजार भ्रष्टचारको मुख्य स्रोत हो । व्यापारी, व्यवसायी,  स्वास्थ्य, शिक्षण संस्था सबैमा भ्रष्टाचारको प्रवृत्ति देखिन्छ।।यहीबाट भ्रष्टचारको सोच…

सांसद अमरेशकुमार सिंह संसदमै लुगा फुकालेर बने अर्धनग्न
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सांसाद अमरेश कुमार सिंह सोमबार जारी संसद बैठकमै लुगा फुकालेर अर्धनग्न बनेका छन्। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय माग गरेका भए पनि सभामुख देवराज घिमिरेले आकस्मिक समय नदिएपछि त्यसको विरोधमा उनी अर्धनग्न बनेका हुन्। विरोध स्वरुप उनले शरीरको माथिल्लो भागको सर्ट र भित्री लुगा फुकालेका थिए। यसपछि सभामुख घिमिरेले मर्यादाको ख्याल गर्न चेतावनी दिएपछि उनले लुगा लगाएका थिए।