भरतपुर महानगरले मापदण्ड विपरितका संरचना भत्काउँछः मेयर रेनु दाहाल
आर्थिक परिवेश संवाददाताचितवन। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मापदण्ड विपरितका संरचना भत्काइने काम छिटोभन्दा छिटो अघि बढाइने बताएकी छन् । भरतपुर भवन निर्माण व्यवसायी समितिको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर दाहालले यस्तो बताएकी हुन् । उनले भरतपुरलाई व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यसहित मापदण्ड विपरितका अवैध संरचना हटाउने काम केही दिनमा सुरु गरिने बताइन् । प्रमुख दाहालले महानगरपालिकाले तीन महिना अगाडि सूचना प्रकाशित गरी मापदण्ड विपरितका घर, टहरा, कम्पाउण्ड लगायतका संरचना हटाउन आह्वान गरेकाले अब भने एक्सनमा जाने बताइन् । महानगरपालिकाले बनाएको मापदण्डअनुसार अगाडि बढ्नु जनप्रतिनिधिको दायित्व भएको स्पष्ट पार्दै यसका लागि बैठक बसेर, निर्णय गरी कसैलाई पनि मार्का नपार्ने गरी…
एमाले भ्रष्टाचारीलाई जोगाउने पक्षमा छैनः एमाले अध्यक्ष ओली
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू र आफ्नो पार्टी नरहेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमालेले कसैको पनि दोषको ढाकछोप नगर्ने बताएका हुन् । उनले एमालेले कसैको पनि दोष र अपराधलाई ढाकछोप गर्दैन भन्दै अगाडी भने “कोही पनि दोषीलाई एमालेले बचाउ गर्दैन र भ्रष्टाचार कसैले गर्छ भने जान्छ । व्यक्तिगत भ्रष्टाचारलाई एमाले पनि समर्थन गर्दैन ।” उनले एमालेविरुद्ध षड्यन्त्र हुन्छ भने त्यसको मुकाबिला गर्न पनि आफू तयार रहेको बताए । अध्यक्ष ओलीले भ्रष्टाचारको मुद्दामा प्रमाणले तानिनुपर्ने भन्दै केही दिनअघि गिरफ्तार भए पनि मान्छेलाई किन छाडियो भनेर…
काठमाडौं महाागरले गर्यो टुकुचा खोला र आसपासको जग्गाको लगत कट्टा गर्न पत्राचार
आर्थिक परिवेश संवाददाताकाठमाडौं। काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ । महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सोमबार मन्त्रालयलाई पत्राचार गरेका हुन् । पत्रमा भनिएको छ, “हात्तीसार क्षेत्रमा टुकुचा खोला खोलाको बहाव क्षेत्रभित्रको जग्गा त्रुटिवश व्यक्तिविशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्तिविशेषको नाममा दर्ता रहेको जग्गा लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारबाहीका लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ।” मालपोत ऐन, २०३४ को दफा २ ले नदी,…
विद्युतीय गाडीको कर बढाउन चलखेल
आर्थिक परिवेश संवाददाताकाठमाडौं । अघिल्ला वर्षजस्तै आगामी वर्षको बजेटमा पनि विद्युतीय सवारीसाधनको करको दरमा हेरफेर गराउन चलखेल सुरु भएको छ । बजेट निर्माणको अन्तिम गृहकार्यमा रहेको अर्थ मन्त्रालयमाथि स्वार्थ समूहले करका दरमा हेरफेर गर्न लबिइङ थालेका छन् । मुख्यगरी इन्धनबाट सञ्चालन हुने सवारीसाधनका आयातकर्ताले दबाब बढाएका हुन् । ‘विद्युतीय सवारीको करका दरमा तलमाथि हुँदैछ भन्ने हल्ला सुन्दै छु । कर घटाृने त पक्कै हुँदैन, बढाउने नै हुन्छ होला,’ नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले भने, ‘पेट्रोल र डिजेलमा संसारकै सबैभन्दा महँगो कर नेपालमा छ । झण्डै २५० देखि ३०० प्रतिशत हाराहारीसम्म कर लगाइएको छ । यसमा कर बढ्दैन होला तर विद्युतीय गाडीमा बढाउन…
पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्छः सञ्चार मन्त्री शर्मा
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्ने ताएकी छन् । उनहाँले पछिल्ला केही वर्षहरुमा नेपालमा समावेशीकरणको सवाल धेरै अगाडि बढेको भए पनि पत्रकारिता क्षेत्रमा महिलाको संख्या निकै कम रहेको भन्दै यसलाई बढाउन आवश्यक रहेको बताइन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले वैदेशिक मामिलामा रिपोर्टिङ गर्ने महिला पत्रकारको बारेमा तयार गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले पत्रकारितामा महिलाहरुको प्रवेशलाई प्राठथमिकता दिनुपर्ने र उनीहरु सम्मानजनकरुपमा पेशामा टिकिरहने बनाउन आम सञ्चार क्षेत्र गम्भीर हुनुपर्ने बताइन् । नेपाल पत्रकार महासंघका साढे १३ हजार सदस्यमध्ये दुई हजार चार सय…

