हाम्रो पत्रकारिताः भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म
रामकुमार एलनहेटौँडा । यसै साता आठौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइयो । सरकारले २०७३ देखि पत्रकारिता दिवसलाई राष्ट्रिय रूपमा मनाउन मान्यता दिएको छ । गोरखापत्र प्रकाशन आरम्भ भएको दिन अर्थात वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाइरहँदा त्यही गोरखापत्रको मानकअनुसार हाम्रो पत्रकारिता सार्थक मोडमा जाँदैछ कि स्वार्थको घुम्तीमा दुर्घटना कुरिररहेको छ ? विवेचना गर्ने बेला पनि भएको छ । पत्रकारिताको यति लामो यात्रामा विभिन्न आर्थिक, सामाजिक र राजनीतिक उतारचढावसँगै प्रविधिमा आएको परिवर्तनले अकल्पनीय फड्को मारेको छ । पत्रकारिताको विकास स्थानीय तहमा युट्युब टेलिभिजन र अनलाइन सञ्चार गृह सञ्चालनमा पुगेको छ । विगतमा पत्रकारिता ग्रामीण बस्तीबाट भित्तेपत्रिका हुँदै केन्द्रमा पुग्थ्यो । पत्रकारितामा…
प्रधानमन्त्रीदेखि सबैकर्मचारीको सम्पति छानबिन गर्नुपर्छः प्रकाश पन्थ
आर्थिक परिवेश संवाददाताकाठमाडौं । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीको सम्पति छानबिन गर्न माग गरेका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा उनले भ्रष्टाचारविरुद्ध कडा एक्सन लिनुपर्ने भन्दै उच्च ओहदामा रहेका सबैको सम्पति छानबिन गर्न माग गरेका हुन् । उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै सुविधा कटौती गर्न पनि माग गरे । ‘हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पति छानबिन गरियोस्, भ्रष्टाचारविरुद्ध कडा एक्सन सुरु गरियोस्, सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गरियोस् । आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै कटौती गरियोस्,’ राष्ट्रिय सभा सदस्य पन्थीले भने ।
प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा के विषयमा कुरा भयो त ?
आर्थिक परिवेश संवाददाताकाठमाडौं । पछिल्लो समय प्रमुख राजनीतिकदलहरुको शिषै नेताहरु बीच भेटघाट बाक्लीँदै गएको छ । देशमा नक्कली भुटानी शरणार्थी प्रकरणको चर्चा भइ रहेको बेला शिर्ष नेताहरु बिच भेटघाट बाक्लीएको हो । यसैबीच मंगलबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। तीन नेताबीच झन्डै डेढ घन्टा बालुवाटारमा छलफल भए छलफलमा केके विषयमा कुराकानी भयो भन्नेबारे नेताहरूले कुनै प्रतिक्रिया दिएका छैनन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयले भने सदनमा विचाराधीन विधेयकबारे तीन नेताबीच छलफल भएको जनाएको छ। यस्तै बैठकमा प्रधानमन्त्रीले नीति तथा, बजेटमा सुझाव मागेको पनि सचिवालयले बताएको…
नक्कली शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग
आर्थिक परिवेश संवाददाताकाठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणका दोषी जोगाउने काम हुन नहुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरूले भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए । तर, कुनै पनि बाहनामा छानबिन र दोषीमाथि कारबाही गर्नबाट सरकार पछि हट्न नहुने भन्दै उनीहरूले खबरदारी गरेका छन् । सांसदहरू ठाकुर गैरे, तेजुलाल चौधरी, डा. तोसिमा कार्कीलगायतका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । देवेन्द्र पौडेलले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाले नेपाल पक्ष भएर गरिएका सम्झौता र सन्धिविपरीत भएकाले दोषीलाई कारबाही गर्नुपर्ने बताए ।
दुर्गमको व्यथाः विद्यालय पुग्न चार घन्टा पैदल
आर्थिक परिवेश संवाददातागलकोट। बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छिन्। तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो। गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेकी छन्त्याल एक घन्टाको पैदलयात्रामा पुगिने विष्णु आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्ययनपश्चात अर्को वडामा पुगेर कक्षा ९ देखि शान्ति माध्यमिक विद्यालय खुंखानीमा अध्ययन गर्दै आएकी छन्। भित्रिवनमा कक्षा ५ सम्मको मात्रै विद्यालय भएकाले दैनिक चार घन्टा आउजाउको पैदलयात्रापछि मात्रै शान्ति माध्यमिक विद्यालयमा आएर अध्ययन गरिरहेको ललिता छन्त्यालको भनाइ छ। छन्त्यालका अनुसार गाउँमै माध्यमिक शिक्षासम्मको अध्यापन नहुँदा बिहान…

