प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा के विषयमा कुरा भयो त ?

निकासखबर संवाददाता

काठमाडौं । पछिल्लो समय प्रमुख राजनीतिकदलहरुको शिषै नेताहरु बीच भेटघाट बाक्लीँदै गएको छ । देशमा नक्कली भुटानी शरणार्थी प्रकरणको चर्चा भइ रहेको बेला शिर्ष नेताहरु बिच भेटघाट बाक्लीएको हो ।
यसैबीच मंगलबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।

तीन नेताबीच झन्डै डेढ घन्टा बालुवाटारमा छलफल भए छलफलमा केके विषयमा कुराकानी भयो भन्नेबारे नेताहरूले कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले भने सदनमा विचाराधीन विधेयकबारे तीन नेताबीच छलफल भएको जनाएको छ।

यस्तै बैठकमा प्रधानमन्त्रीले नीति तथा, बजेटमा सुझाव मागेको पनि सचिवालयले बताएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित