लामाबगर नाका खोलीएको एक सातामै सुन तस्करी, दोलखामा चार किलो सुनसहित तीन जना पक्राउ
आर्थिक परिवेश संवाददातादोलखा । दोलखाको सिंगटी बजार बाट प्रहरीले ४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ । सिंगटीबाट सुन सहित ३ जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ । बिगु गाउँपालिकाका १ लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो। उनीहरुलाई बुधबार राति समातिएको प्रहरीले जनाएको छ। उनीहरूले तिब्बती सीमा लामाबगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशंका गरिएको छ। सो नाका चीन सरकारले गत साता मात्र खुलाएको थियो।
तीज बितेको एक सातापछि उपाध्यक्षको दबाबमा दर खाने कार्यक्रम
आर्थिक परिवेश संवाददाताओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा तीज बितेको एक सातापछि उपाध्यक्षको दबाबमा दर खाने कार्यक्रम भएको छ । गाउँपालिकाले विनियोजन गरेको रकमले असोज ६ गते दर खाने कार्यक्रम भएको हो । गाउँपालिकाले महिला विशेष कार्यक्रम अन्तरगत हरेक वडामा रहेका आमा समूह सञ्जाल लक्षित गरेर २० हजार बजेट विनियोजन गरेको थियो । हरेक वडालाई २० हजार र गाउँपालिका केन्द्रमा पालिका स्तरीय कार्यक्रमका लागि २० हजार गरी २ लाख बजेट विनियोजन भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लीला राज श्रेष्ठले बताए । गाउँपालिकामा रहेका ९ वटा वडा मध्य ८ वटामा र गाउँपालिका केन्द्रमा भदौ २९ गते सम्ममा तिज विशेष कार्यक्रम सञ्चालन भएका भए पनि…
जनक ताम्राकारकाे नयाँ गीत ‘पियार’ सार्वजानीक
आर्थिक परिवेश संवाददाताकाठमाडौं । गायक तथा सञ्चारकर्मी जनक ताम्राकार र गायिका निखिता थापाको युगाल गायनमा रहेको ‘पियार’ बोलको गीतको अफिसिएल म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो गायक ताम्राकारको युट्युव च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो। प्रेमिल शैलीको यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा युवतीको सुन्दरता र प्रेमको बयान गरिएको छ । म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङको मुख्य भूमिका रहेको छ । भिडियोमा श्रवानी र अर्नबको समेत अभिनय रहेको छ। उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्…
उपत्यकाका फार्मेसी अनुगमन, १० फार्मेसी सिल
आर्थिक परिवेश संवाददाताकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सोमबार ७७ वटै जिल्लामा औषधि पसल तथा फार्मेसीहरुमा अनुगमन गरेको छ। स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो, जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीको सहकार्यमा फार्मेसीहरुको अनुगमन तथा निरीक्षण कार्य भएको हो । सोमबार काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका १०१ वटा फार्मेसीमा अनुगमन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। २० वटा समूह बनाएर गरिएको अनुगमनका क्रममा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरिएको छ। यस्तै, २ दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ । फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी खटाएको, औषधि व्यवस्था…
ओखलढुंगाकाे लिखुमा जनप्रतिनिधि र कर्मचारीकाे मनपरी
आर्थिक परिवेश संवाददाताकाठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिकामा असार लागे सँगै असार १५ देखी लाखौंका योजनाहरु पास भएका छन् । असार लागे सँगै गाउँपालिकाकामा लाखौंका योजनाहरु १५ असार देखी २५ असारमा पास भएका हुन् । महिनौ अगाडी वडाका योजनाहरुको काम सकिए लगतै गाउँपालिकामा अन्तिम निकासाका लागि जाँदा अनुगमन नगरी निकासा रोकीएको थियो । तर, असार मसान्तमा गाउँपालिकामा दर्जनौ योजनाहरु नत अनुगमन भयो नत उपभोक्ता समितीका सदस्य नै गाउँपालिकामा जान पर्यो । वडा अध्यक्ष र समाजका केही अगुवाहरुको नेतृत्वमा गाउँपालिकामा दर्जनौ योजनाहरु काम नै नभइ पास भएका छन् । तत्कालीन जिल्ला विकास समितिको झल्को आउने गरी यो असारमा गाउँपालिकामा वडामा रहेका टाठाबाठाहरुले लाखौं रकम निकासा…

