एसिया कप : वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रोकियो, अंक बाँडियो
काठमाडौ, १६ भदौ २०८० ।एसिया कपको समूह चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारणले रद्द भएको छ । खेलमा नतिजा नआएपछि दुवै टीमले १/१ अंक बाँडेका छन । सुरुदेखि वर्षाले प्रभावित खेलमा टस जितेर भारतले ब्याटिङ रोजेको थियो । भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर २६६ रन जोड्यो । तर भारतले दिएको २६७ रनको लक्ष्यमा पाकिस्तानले ब्याटिङ गर्न नपाउँदै खेल वर्षाका कारण रद्द भएको हो । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा जारी खेल रद्द भएसँगै दुवै टोलीले १/१ अंक बाँडेका हुन् । पाकिस्तानले ३ अंकसहित सुपर चारमा स्थान बनाएको छ । भारतले भने नेपालसँगको खेल पर्खिनुपर्नेछ । नेपाल र भारत बीचको म्याचमा विजयी टिम…
डेंगु संक्रमितको संख्या २१ हजार नाघ्यो
काठमाडौ, १६ भदौ २०८० ।नेपालमा डेंगु संक्रमण बढिरहेको छ। इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म २१ हजार २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । संक्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले संक्रमण दैनिकरूपमा बढेको बताए । नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो । सुनसरीमा मात्र ११ हजार बिरामी सङ्क्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा…
सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी
काठमाडौ, १६ भदौ २०८० ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । काठमाडौँ महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने उनले चेतावनी दिएका हुन् । सामाजिक सञ्जालमा बालेनले लेखेका छन् ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ’
माओवादी केन्द्रको विशेष रूपान्तरण अभियान सुरु, प्रचण्डले भर्चुअलमार्फत गरे उद्घाटन
आर्थिक परिवेश संवाददातासत्तारुढ दल माओवादीले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सुरु गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एकैसाथ ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ उद्घाटन गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शनिबार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले अभियानको उद्घाटन गर्दै माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै विशेष अभियानबाट पार्टी एकताबद्ध भई फेरि बलियो बन्ने दाबी गरे । दिउँसो १ बजेबाट औपचारिक रुपमा शुरु गरिएको अभियानमा सबै शीर्ष नेताहरू वडावडामा पुगेका थिए । प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडाको कार्यक्रममा सरिक भए । गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रीय…
राजेश हमालले टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ होस्ट गर्ने
काठमाडौं, १५ भदौ २०८० ।अभिनेता राजेश हमालले टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ होस्ट गर्ने भएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमका बीच शो घोषणा गरिएको हो । कृषि र मनोरञ्जनमा आधारित टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ इ–स्क्वायर प्रालिले कृषि र मनोरञ्जन विधालाई समेटेर गर्न लागेको हो । कृषि, उद्यमशीलता र जलवायु परिवर्तनका मुद्दालाई शो मा मुख्य विषयवस्तु बनाइनेछ । शो मा किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ । यो शो लाई शैलेश कँडेलले निर्देशन गर्नेछन भने जजको भूमिकामा योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे रहनेछन । कार्यक्रममा तीन दशक लामो अभिनय यात्रामा कैंयन पटक किसानको भूमिकामा देखिएको बताएका हमालले अब…

